भर्खरै : Sorry, your browser does not support inline SVG.
बुढीगण्डकीको बाढीले बस्ती र पुल बगायो, तटीय क्षेत्रमा सतर्कता | भक्तपुरमा नेपाली मौलिक वास्तुकलाको प्रदर्शनी, १८५ सम्पदा पुनर्निर्माण गरिएको जानकारी | मुख्यमन्त्री किरण थापासहित विभिन्न व्यक्तिहरूलाइ क्रियाशील पत्रकार मञ्च, भक्तपुरद्वारा सम्मानपत्र प्रदान | स्वास्थ्य सचिव डा. सुमित्रा गौतमलाई क्रियाशील पत्रकार मञ्च भक्तपुरको सम्मान | नोबेल शान्ति पुरस्कार घोषणापछि आईसीसीमाथि अमेरिकी प्रतिबन्ध | नेपालमा आप्रवासी चराको वासस्थान सङ्कटमा, ४५ प्रतिशतको सङ्ख्या घट्दो | बीपी राजमार्ग दुईतर्फी खुल्यो, लेदो र गेग्रान हटाइएपछि यातायात सहज | राष्ट्रिय परिचयपत्र नभएकै कारण बैंकिङ सेवा रोक्न नपाइने, सर्वोच्चको आदेश |

पोखरामा दुई सातापछि फोहर उठाउन सुरु

पोखरामा दुई सातापछि फोहर उठाउन सुरु

काठमाडौं, १ फागुन । पर्यटकीय राजधानी पोखरामा दुई सातादेखि उठ्न नसकेको फोहर उठाउन सुरु गरिएको छ। महानगरपालिकाले हिजो साँझदेखि फोहर सङ्कलन कार्य पुनः सुरु गरेको हो।

बजार क्षेत्रका सडक छेउ, चोक र मुख्य मार्गमा लामो समयदेखि फोहर नउठ्दा पोखरा दुर्गन्धित बनेको थियो। पोखरा–३२ लामेआहालमा रहेको अस्थायी फोहर व्यवस्थापन केन्द्र भरिएपछि फोहर उठ्न नसकेको जनाइएको छ।

फोहर व्यवस्थापनका लागि महानगरपालिकाले विभिन्न स्थानमा वैकल्पिक जमिन खोजी गरे पनि सफल हुन सकेको थिएन। सडक किनार, चोक, बिजुलीका पोल वरिपरि मात्र नभई मुख्य सडकमै फोहर थुप्रिन थालेपछि बजार क्षेत्रमा दुर्गन्ध फैलिएको थियो।

महानगर प्रमुख धनराज आचार्यले हिजो साँझदेखि क्रमशः फोहर सङ्कलन गर्ने गाडी सञ्चालनमा आएको जानकारी दिनुभयो। उहाँले सार्वजनिक बाटो तथा खुला स्थानमा फोहर विसर्जन नगर्न सर्वसाधारणलाई आग्रहसमेत गर्नुभएको छ।

 


Thali Mobile Pvt.Ltd.