काठमाडौैंं । काठमाडौँ उपत्यकामा सवारी दुर्घटना र मानवीय क्षति घटेको छ । उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार पछिल्लो तीन वर्षमा उपत्यकामा दुर्घटना र त्यसबाट हुने मानवीय क्षति घट्दो क्रममा रहेको देखिएको हो ।
आर्थिक वर्ष २०७८र७९ मा १० हजार सात सय ३३ सवारी दुर्घटना हुँदा १९१ जनाको मृत्यु भएको थियो । आव २०७९र८० मा १० हजार छ सय ७५ दुर्घटना हुँदा १८७ को मृत्यु र गत आर्थिक वर्ष २०८०र८१ मा आठ हजार आठ सय ८१ सवारी दुर्घटना हुँदा १७७ जनाको मृत्यु भएको कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक विश्वराज खड्काले जानकारी दिए । उनका अनुसार गत आवमा १२९ पुरुष र ४८ महिलाको मृत्यु भएको थियो ।
जनचेतनामूलक कार्यक्रम, सुरक्षा जाँचमा कडाइ, विभिन्न अभियानसहित उपत्यकाको ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउँदा सडक दुर्घटनामा केही कमी ल्याउन सकिएको प्रहरी उपरीक्षक खड्काको दाबी छ । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा दुर्घटना सङ्ख्या १६।८ र मृत्यु हुनेमा छ प्रतिशतले कमी आएको उनले जानकारी दिए ।
चालु आवमा पनि दुर्घटना न्यूनीकरण गर्ने लक्ष्यसहित ट्राफिक व्यवस्थापन सुधारलाई थप प्रभावकारी बनाउने योजना अघि बढाइएको खड्काले बताए । जनचेतनामूलक कार्यक्रमले सडक प्रयोगकर्तालाई ट्राफिक नियमको पालना गर्न र सडक सुरक्षालाई आत्मसाथ गर्न प्रेरणा दिएको पाइएको उनको बुझाइ छ ।
ट्राफिक सप्ताह कार्यक्रम, यात्रुमैत्री विशेष अभियान, ट्राफिक सचेतना विशेष अभियानलगायत कार्यक्रममा समावेश भएका ट्राफिक गतिविधिमार्फत हालसम्म चार लाख ७७ हजार तीन सय तीनजना प्रत्यक्ष रुपमा लाभान्वित भएका प्रहरीले जनाएको छ ।
ट्राफिक प्रहरीले मादक पदार्थ र लागुपदार्थ सेवन गरी सवारी चलाउने विरुद्धको अभियान, लेन अनुशासन पालना, लापरबाहीका साथ सवारी चलाउने र तीव्रगतिका कारणले हुने दुर्घटना न्यूनीकरणमा अभियान प्रभावकारी बनेको कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जीवनकुमार श्रेष्ठले बताए ।
उनका अनुसार ट्राफिक नियम उल्लङ्घन गर्ने १० लाख जना भन्दा बढीलाई ट्राफिक प्रहरीले कारबाही गरी जरिवाना बापत ७२ करोड ६० लाख रुपैयाँ सङ्कलन गरेको छ ।
विभिन्न सडक केन्द्रित सचेतना कार्यक्रम सञ्चालन, ट्राफिक सुरक्षा जाँच, चौकी विस्तार, भित्री गल्ली तथा साँघुरा सडक र करिडोरमा नियमित गस्ती थालिएको बताउँदै प्रहरी वरिष्ठ उपरीक्षक श्रेष्ठले यसलाई अझ प्रभावकारी बनाउन थप योजना बनाइ कार्यान्वयनको चरणमा रहेको जानकारी दिए । रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौँ, २७ असार । नेपाल राष्ट्र बैंकले चेक अनादर (चेक बाउन्स) सम्बन्धी नयाँ र कडा व्यवस्था जारी गरेको छ। बैंक तथा वित्तीय संस्थाहरूका लागि एकीकृत निर्देशन संशोधन गर्दै चेक...
काठमाडौँ, २७ असार । नेपालको हिमाली क्षेत्रमा जलवायु परिवर्तनको असरले गम्भीर संकट निम्त्याउन थालेको छ। पछिल्ला घटनाक्रमहरूले हिमताल विस्फोट (GLOF: Glacial Lake Outburst Flood) को जोखिम थप बढेको देखिएको...
झापा, २७ असार । मेचीनगर नगरपालिका–१५ का किसान गोविन्द घिमिरे अकासे पानी पर्याप्त नपरेका कारण बेलैमा धान रोप्न नपाएर चिन्तित छन् । विगतमा असारभित्र रोपाइँ सकिने गरेकामा यसपालि असार...
काठमाडौँ, २६ असार । सरकारले स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत मिर्गौला, मुटु, पार्किन्सन्स, अल्जाइमर, स्पाइनल इन्जुरी, हेड इन्जुरी र सिकल सेल एनिमिया गरी आठ जटिल रोगका बिरामीलाई उपचारमा थप एक लाख...