भर्खरै : Sorry, your browser does not support inline SVG.
यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते | दसैँको सट्टा खोकनामा सिकाली जात्राको रौनक, जोगिँदै मौलिक संस्कृति | चिकित्सा शिक्षामा ४१८ सिट थपियो, एमबीबीएस र नर्सिङ पढ्ने विद्यार्थीलाई अवसर बढ्ने | मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपीडित परिवारलाई मासिक १५ हजारसम्म सहायता | ७० वर्ष पुरानो प्रहरी ऐन बदलिँदै, सरुवा–बढुवामा ‘हाकिम रिझाउने’ प्रवृत्ति अन्त्य गर्ने गृहमन्त्रीको घोषणा | गोरखा, बागलुङ र धादिङका बाढीपहिरो प्रभावित क्षेत्र तीन महिनाका लागि सङ्कटग्रस्त घोषित | गहुँको न्यूनतम समर्थन मूल्य बढ्यो, अब प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ | पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते |

दसैँ बिदामा भरिभराउ आन्तरिक पर्यटक

दसैँ बिदामा भरिभराउ आन्तरिक पर्यटक

तनहुँ । दसैँको बिदामा तनहुँका पर्यटकीय गन्तव्यस्थलमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ । पर्यटकीय गन्तव्यस्थल बन्दीपुर, मानुङकोटमा पर्यटकको चहलपहल वृद्धि भएको हो । पछिल्ला केही वर्षमा दसैँ बिदामा घुमघामको प्रचलनले पर्यटकीय स्थल आन्तरिक पर्यटकले भरिभराउ भएका हुन् ।

बन्दीपुरमा यतिबेला स्वदेशीसँगै विदेशी पर्यटकको चाप बढेको बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष किसान प्रधानले बताए । उनले भने, “बन्दीपुरमा यो बेला पर्यटकको आगमन बढ्ने समय हो । दसैँ बिदाका कारण आन्तरिक पर्यटकको उल्लेख्य सहभागिता छ । विदेशी पर्यटकको आगमन समेत सुरु भएको छ ।” नेपालका विभिन्न ठाउँबाट आन्तरिक पर्यटक बन्दीपुर आउने गरेका छन् ।

बन्दीपुरमा सञ्चालनमा आएको बन्दीपुर केबलकारले पनि बन्दीपुरमा पर्यटकको आकर्षण बढाएको छ । पृथ्वीराजमार्गसँगै जोडिएको केबलकारको बटम स्टेशनसम्म गाडीमा र त्यहाँबाट केबलकार चढेर आन्तरिक पर्यटक बन्दीपुर पुग्ने गरेका छन् ।

बन्दीपुर घुम्न आउनेमध्ये विशेषगरी चिनियाँ पर्यटकको सङ्ख्या बढी हुन्छ । गत वर्ष बन्दीपुरमा २६ देशबाट पर्यटक आएको तथ्याङ्क छ ।

 


Thali Mobile Pvt.Ltd.