बान्द्रे खोलाले मोटरसाइकल र स्कुटर बगाउँदा तीन जनाको मृत्यु

बान्द्रे खोलाले मोटरसाइकल र स्कुटर बगाउँदा तीन जनाको मृत्यु

बागलुङ । बागलुङ नगरपालिका ४ बान्द्रे खोलामा आएको बाढीले बगाउँदा तीन जनाको मृत्यु भएको छ ।

बागलुङ नगरपालिका ५ को बान्द्रेमा गएरातिको बाढीले स्थानीय २३ वर्षीय अर्जुन सापकोटा, २२ वर्षीय अविषेक रेग्मी, २० वर्षीय कमल सापकोटालाई बगाउँदा मृत्यु भएको हो ।

दुई जनाको शव राती नै भेटिएको थियो भने कमल सापकोटाको शव आज बिहान फेला परेको हो ।

बाढीले बगाएर तीन सय मीटर तल उनीहरुको शव भेटिएको प्रहरीले जनाएको छ ।

कुँडुलेदेखि मालिका जाँदै गरेको ध २ प ८०१० नम्बरको मोटरसाइकल र ध १ प ९९९६ नम्बरका स्कुटर बगाएको हो ।

 


Thali Mobile Pvt.Ltd.