भर्खरै : Sorry, your browser does not support inline SVG.
दुई साता बित्यो, कर्णाली सरकार अझै अधुरै : मुख्यमन्त्रीमाथि आफ्नै दल र एमालेको दबाब | स्रोत नखुलेको ५२ लाख ५० हजार रुपैयाँसहित वीरगन्जबाट चार जना पक्राउ | पर्सामा १०५ किलो गाँजासहित भारतीय नागरिक पक्राउ | बाढी–पहिरोले देशभरका विभिन्न राजमार्ग अवरुद्ध, वीपी र कान्ति लोकपथमा राति सवारी रोक | म्याग्दीमा पहिरोले घारखोला जलविद्युत् आयोजनाको विद्युत्गृह पुरियो, एक सुरक्षा गार्ड बेपत्ता | बढ्यो अण्डाको भाउ, एक्सएल अण्डा प्रतिक्रेट ५६० रुपैयाँ | कोलम्बियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प, १११ जनाको मृत्यु | गौरमा खाजा घरभित्रै गाँजाको कारोबार, ७ सय ग्राम गाँजासहित सञ्चालक पक्राउ |

बनेपा–नाला–भक्तपुर सडक ह्युमपाइप राखेर अस्थायी रूपमा पुन: सञ्चालनमा

बनेपा–नाला–भक्तपुर सडक ह्युमपाइप राखेर अस्थायी रूपमा पुन: सञ्चालनमा

काभ्रेपलाञ्चोक, २२  असार । शुक्रबार रातिदेखि पूर्णरूपमा अवरुद्ध बनेको बनेपा–नाला–भक्तपुर सडकखण्ड आइतबारदेखि अस्थायी रूपमा सञ्चालनमा आएको छ । पुण्यमाता खोलाको पुल भाँचिएपछि अवरुद्ध भएको यो सडक ह्युमपाइप जडान गरी पुनः सञ्चालनमा ल्याइएको हो ।

बनेपा नगरपालिका र सडक विभागको पहलमा आइतबार बिहानदेखि सवारी आवागमन सुरू गरिएको काभ्रे ट्राफिक प्रहरी प्रमुख सुनील ध्वाजुले जानकारी दिए । बनेपा नगरपालिका वडा नं. १ र ४ को सिमानामा रहेको पुण्यमाता खोलामा ४५ वर्षअघि फलामको सहारामा बनाइएको पूल शुक्रबार राति भाँचिएको थियो । त्यसपछि सडक पूर्ण रूपमा बन्द भएको थियो ।

यो सडक अरनिको राजमार्गको वैकल्पिक मार्गका रूपमा समेत प्रयोग हुने भएकाले यात्रुहरूलाई ठूलो असुविधा भएको थियो । हाल धुलिखेल–सूर्यविनायक खण्डको निर्माण कार्य चलिरहेको हुँदा यातायात केही समयका लागि यही बाटो प्रयोग गर्ने गरिन्थ्यो ।

हाललाई ह्युमपाइपमार्फत सवारी साधन चल्ने अवस्था बनाइए पनि यो अस्थायी समाधान मात्र हो । स्थायी रुपमा नयाँ पुल निर्माणका लागि सम्बन्धित निकायहरूबाट पहल आवश्यक रहेको स्थानीय बासिन्दाहरूले माग गरेका छन् ।

 


Thali Mobile Pvt.Ltd.