भर्खरै : Sorry, your browser does not support inline SVG.
बुढीगण्डकीको बाढीले बस्ती र पुल बगायो, तटीय क्षेत्रमा सतर्कता | भक्तपुरमा नेपाली मौलिक वास्तुकलाको प्रदर्शनी, १८५ सम्पदा पुनर्निर्माण गरिएको जानकारी | मुख्यमन्त्री किरण थापासहित विभिन्न व्यक्तिहरूलाइ क्रियाशील पत्रकार मञ्च, भक्तपुरद्वारा सम्मानपत्र प्रदान | स्वास्थ्य सचिव डा. सुमित्रा गौतमलाई क्रियाशील पत्रकार मञ्च भक्तपुरको सम्मान | नोबेल शान्ति पुरस्कार घोषणापछि आईसीसीमाथि अमेरिकी प्रतिबन्ध | नेपालमा आप्रवासी चराको वासस्थान सङ्कटमा, ४५ प्रतिशतको सङ्ख्या घट्दो | बीपी राजमार्ग दुईतर्फी खुल्यो, लेदो र गेग्रान हटाइएपछि यातायात सहज | राष्ट्रिय परिचयपत्र नभएकै कारण बैंकिङ सेवा रोक्न नपाइने, सर्वोच्चको आदेश |

पारिवारिक बिवादले भयावह रूप लियो, एकै परिवारका चार जनाको हत्या

पारिवारिक बिवादले भयावह रूप लियो, एकै परिवारका चार जनाको हत्या

भोजपुर, २२ असार । भोजपुरमा एक व्यक्तिले आफ्नै ससुराली पक्षका चार जनाको धारिलो हतियार प्रयोग गरी हत्या गरेका छन् । रामप्रसाद राई गाउँपालिका–२ धोदलेखानीमा भएको यस घटनाले स्थानीय समुदायलाई स्तब्ध बनाएको छ ।

जिल्ला प्रहरी कार्यालय भोजपुरका अनुसार हत्या गर्ने व्यक्ति भोजपुर नगरपालिका–२ हेलौछाका राजेन्द्र राई हुन् । उनले आफ्नी १६ वर्षीया श्रीमती,  १० वर्षे साला,  सासु मन्जु गिरी  र ससुरा बेलबहादुर गिरी (६८ वर्ष)लाई धारिलो हतियारले आक्रमण गरी ज्यान लिएका हुन् । प्रहरी कार्यालय भोजपुरले जनाएअनुसार, राजेन्द्र राईले शनिबार राति १:१५ बजे प्रहरी कन्ट्रोल रुममा फोन गरी, “ममाथि चक्कु प्रहार भएकाले मैले मान्छे मारेको छु, मलाई पक्रन आउनुस्,” भनी खबर गरेका थिए ।

घटनापछि अस्थायी प्रहरी चौकी ओख्रे र जिल्ला प्रहरी कार्यालयबाट टोली घटनास्थलतर्फ खटिएको थियो । प्रहरी घटनास्थलमा पुग्दा चारै जनाको शव फेला परेको थियो । राजेन्द्र राई भने घटनास्थलबाट करिब ४–५ किलोमिटर टाढा रामप्रसाद राई गाउँपालिका–१ हर्बुभञ्ज्याङ भन्ने स्थानमा घाइते अवस्थामा भेटिएका थिए । उनको पेटमा धारिलो हतियारको चोट लागेको थियो र अहिले जिल्ला अस्पतालमा उपचाररत छन् ।

प्रहरीका अनुसार, प्रारम्भिक बयानमा राजेन्द्रले सासु आमाले चक्कु प्रहार गरेपछि रिसमा आएर हत्या गरेको बताएका छन् । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरी अनुसन्धानका क्रममा राजेन्द्र राईले करिब एक वर्षअघि प्रेम विवाह गरेका थिए । यो घटनालाई पारिवारिक बिवादसँग जोडेर हेर्ने प्रयास भइरहेको छ भने वास्तविक कारण भने अझै खुल्न बाँकी छ ।

 


Thali Mobile Pvt.Ltd.