भर्खरै : Sorry, your browser does not support inline SVG.
संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सुरु, विश्वका प्रमुख चुनौतीमा सहकार्यको आह्वान | भोटेकोशी बाढी : ५ हजार १३२ जना अझै सम्पर्कविहीन, मृतकको सङ्ख्या १ हजार ३६७ पुग्यो | भारतमा महिलाको पेटबाट १३ कलम, ५ चम्चा र मैनबत्ती निकालियो | शहीदका सालिकप्रति परिवारजनको आपत्ति, जेनजी स्मृति पार्क उद्घाटन नगरी फर्किए गृहमन्त्री | डढेलो र अत्यधिक गर्मीले विश्वभर वायु प्रदूषणको जोखिम बढाउँदै, स्वास्थ्यमा गम्भीर असरको चेतावनी | रसुवा बाढीबाट सिक्नुपर्ने पाठ | बागमती नदीमा जलसतह सतर्कता तह पार, आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह | भोटेकोशी बाढी : १ हजार ३६४ जनाको शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता |

देशभर मनसुन सक्रिय, आज ६ प्रदेशमा भारी वर्षाको सम्भावना

देशभर मनसुन सक्रिय, आज ६ प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ,  २२ असार । हाल देशभर मनसुनी वायुको प्रभाव देखिएको छ । आज देशका अधिकांश भागहरूमा बर्षा र चट्याङको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास सक्रिय रहेकाले देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । विशेष गरी कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना रहेको बताइएको छ ।

कोशी, बागमती, गण्डकी र सुदूरपश्चिमका केही स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाकाे सम्भावना रहेकाे छ भने कोशी र बागमती प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना रहेकाे छ । त्यसैगरी उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातकाे सम्भावना रहेकाे महाशाखाले जनाएकाे छ ।

भारी वर्षासँगै भूक्षय, बाढी, पहिरो र गेग्रान बहावको जोखिम रहेकोले महाशाखाले सतर्कता अपनाउन र पूर्वतयारी गर्न सबैलाई आग्रह गरेको छ। जोखिमयुक्त क्षेत्रहरूमा यात्रारत वा बसोबास गरिरहेकाहरूलाई विशेष ध्यान दिन अनुरोध गरिएको छ ।

 


Thali Mobile Pvt.Ltd.