भर्खरै : Sorry, your browser does not support inline SVG.
रुकुम पूर्वबाट प्रचण्ड विजयी, नेकपाले खोल्यो जितको खाता | काठमाडौं–८ मा विराजभक्त श्रेष्ठको सानदार जित, सबै प्रतिस्पर्धीको जमानत जफत | काठमाडौं–१ मा रास्वपाको पहिलो जित, रञ्जु न्यौपाने भारी मतान्तरले विजयी | जुम्ला मतगणना अपडेट: राप्रपाका ज्ञानेन्द्र शाही अग्रता, नेकपा दोस्रो स्थानमा | झापा–५ मतगणना अपडेट: बालेन साह ओलीभन्दा दोब्बर बढी मतले अगाडि | नवलपरासीमा मतगणना तयारी पूरा, केही समयमै सुरु हुने | प्रतिनिधिसभा मतगणना अपडेट: राष्ट्रिय स्वतन्त्र पार्टी ४१ स्थानमा अग्रता, एमाले ५ र कांग्रेस ३ क्षेत्रमा अगाडि | इरान–इजरायल युद्ध चर्कियो : मिसाइल आक्रमण, तेहरानमा विस्फोट र खाडी क्षेत्रमा तनाव |

बङ्गलादेशमा अविरल वर्षा र बाढीका कारण २० जनाको मृत्यु

बङ्गलादेशमा अविरल वर्षा र बाढीका कारण २० जनाको मृत्यु

काठमाडौं । बङ्गलादेशमा अविरल वर्षा र नदीमा आएको बाढीका कारण २० जनाको ज्यान गएको छ । ५० लाखभन्दा धेरै मानिस प्रभावित भएका छन् ।

विशेष गरी दुर्गम क्षेत्रहरूमा बाढीका कारण धेरैलाई खाना, सफा पानी, औषधि र लुगाको तत्काल आवश्यकता परेको तर सडक अवरुद्ध भएकाले उद्धार र राहतमा समस्या भइरहेको बङ्गलादेशको स्थानीय सञ्चार माध्यमलाई उद्धृत गर्दै चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

गएराति मध्यरातमा आएको बाढीले राजधानी ढाकाका ग्रामीण क्षेत्रसहित ११ जिल्ला प्रभावित भएका छन् । बङ्गलादेशका केही मानिसहरूले छिमेकी भारतमा बाँधका ढोकाहरू खोल्दा बाढी आएको आरोप लगाएका छन् । तर नयाँ दिल्लीले भने बङ्गलादेशको दाबी अस्वीकार गरेको छ ।

बङ्गलादेशको मौसम विभागले पानीको सतह नघटेकाले वर्षा नरोकिएमा बाढीको जोखिम कायमै रहेने भएकाले प्रभावित क्षेत्रका बासिन्दालाई सचेत रहेर सुरक्षित ठाउँमा बस्न आग्रह गरेको छ ।

विश्व बैंक इन्स्टिच्युटले सन् २०१५ मा गरेको एक विश्लेषणले विश्वको सबैभन्दा जलवायु जोखिममा रहेका देशहरू मध्येको एक बङ्गलादेशमा ३५ लाखभन्दा धेरै मानिस वार्षिक रुपमा बाढीको जोखिममा रहेको अनुमान गरेको थियो । वैज्ञानिकहरूले जलवायु परिवर्तनका कारण विनाशकारी प्राकृतिक प्रकोपका घटना बढेको बताएका छन् । एजेन्सी