भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द | स्रोत नखुलेको साढे ४ लाख भारतीय रुपैयाँसहित वीरगन्जबाट भारतीय नागरिक पक्राउ | बाढी–पहिरोको असर कायमै : रसुवा र नुवाकोटका मुख्य सडक अवरुद्ध, धादिङमा एकतर्फी यातायात | विपद्का बेला सरकारलाई ओलीको सुझाव : राज्यशक्तिको दुरुपयोग नगर्नू, सहकार्यका लागि एमाले तयार छ | मनसुनी प्रभाव कायमै : आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना | ड्युटीमा रहेका चिकित्सक र नर्ससहित ६ कर्मचारी कामकाजबाट हटाइए | इराकी भूभागबाट ड्रोन आक्रमण भएको दाबीपछि साउदीले बन्द गर्‍यो महत्वपूर्ण तेल पाइपलाइन | बाढीपछि पुनर्निर्माणमा नयाँ रणनीति : जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाइने |

आज देशभर हल्कादेखि मध्यम वर्षाको सम्भावना

आज देशभर हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौं । आज देशैभर मौसम बदली भएर देशका धेरैजसो ठाउँमा पानी पर्ने सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागले जारी गरेको जारी मौसम बुलेटिनका अनुसार अहिले देशभर बदली रहेको छ भने कोशी र लुम्बिनी प्रदेशका एक–दुई ठाउँमा हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो सातै प्रदेशका केही ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी प्रदेशको पहाडी जिल्लामा ठूलो पानी पर्ने सम्भावना रहेको बुलेटिनमा उल्लेख छ ।

राति कोशी, बाग्मती र कर्णाली प्रदेशका केही ठाउँ तथा बाँकी प्रदेशका एक–दुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकोे बुलेटिनमा उल्लेख छ ।

 


Thali Mobile Pvt.Ltd.