भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

१० महिनामा बैंकहरूको खुद नाफा ४७ अर्ब ७९ करोड पुगेपछि वित्तीय गतिविधिमा उतारचढाव

१० महिनामा बैंकहरूको खुद नाफा ४७ अर्ब ७९ करोड पुगेपछि वित्तीय गतिविधिमा उतारचढाव

काठमाण्डौ, ३१ जेठ । चालू आर्थिक वर्षको १० महिनामा वाणिज्य बैंकहरूले ४७ अर्ब ७९ करोड ४७ लाख रुपैयाँ खुद नाफा कमाएका छन् । यो नाफा गत वर्षको सोही अवधिको तुलनामा १.६७ प्रतिशतले कम हो ।

गत वर्षको वैशाखसम्म बैंकहरूले ४८ अर्ब ६० करोड ६७ लाख रुपैयाँ नाफा कमाएका थिए । चालू आर्थिक वर्षमा १० वटा बैंकको नाफा बढेको छ भने १० वटाको नाफा घटेको छ । नेपाल बैंकको नाफा गत वर्ष ५९ करोड ३ लाख रुपैयाँबाट चालू वर्षको वैशाखसम्ममा ३ अर्ब २८ करोड ८८ लाख रुपैयाँ पुगेको छ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ३३ प्रतिशतले नाफा वृद्धि गर्दै ५ अर्ब २ करोड रुपैयाँ कमाएको छ ।

एभरेष्ट बैंकको नाफा ३१ प्रतिशतले बढेर ३ अर्ब ९० करोड रुपैयाँ र ग्लोबल आईएमई बैंकको नाफा लगभग ३० प्रतिशतले वृद्धि भई ५ अर्ब ३५ करोड पुगेको छ ।माछापुच्छ्रे बैंकको नाफा १८.७ प्रतिशतले बढेर १ अर्ब ३१ करोड रुपैयाँ, लक्ष्मी सनराइज बैंकको नाफा १०.२ प्रतिशतले बढेर २ अर्ब १५ करोड, सानिमा बैंकको नाफा ७.१ प्रतिशतले बढेर १ अर्ब ८७ करोड पुगेको छ । एनएमबी बैंक, नबिल बैंक र सिद्धार्थ बैंकको पनि नाफामा वृद्धि देखिएको छ ।

तर केही बैंकहरूको नाफा भने घटेको छ । एनआईसी एशिया बैंकको नाफा ७७.१ प्रतिशतले घटेर ४७ करोड ८७ लाख, हिमालयन बैंकको ६९.३ प्रतिशतले घटेर ६८ करोड ३४ लाख र कुमारी बैंकको ६६.३ प्रतिशतले घटेर ४८ करोड १९ लाख रुपैयाँमा सीमित भएको छ ।

कृषि विकास बैंकको नाफा ३५.७ प्रतिशतले घटेर १ अर्ब ७३ करोड ३८ लाख रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकको नाफा ३०.९ प्रतिशतले घटेर १ अर्ब ७७ करोड रुपैयाँमा सीमित भएको छ । सिटिजन्स बैंक, प्रभु बैंक, प्राइम कमर्सियल बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक र नेपाल एसबीआई बैंकको नाफा पनि केही हदसम्म घटेको छ ।

 


Thali Mobile Pvt.Ltd.