काठमाडौं । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ब्राजिल प्रस्थान गरेका छन् । को रियो दि जेनेरियो सहरमा हुने ‘वन प्लानेट नेटवर्क फोरम’को सम्मेलनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सोमबार राति उनी त्यसतर्फ प्रस्थान गरेका हुन् ।
ब्राजिल सरकार तथा संयुक्त राष्ट्रसङ्घअन्तर्गत वातावरण संस्था ‘युएनइपी’को संयुक्त आयोजनामा हुने सम्मेलन यही भदौ २७ र २८ गतेसम्म हुने मन्त्रालयले जनाएको छ ।
‘दिगो उत्पादन तथा प्रयोग र चलायमान अर्थतन्त्र अवधारणा’ विषयक ज्ञानलाई सम्बोधन गरी समझदारी तथा अन्तर्राष्ट्रिय सहकार्य बढाउने उद्देश्यका साथ हुन लागेको सम्मेलनलाई मन्त्री शाहीले भदौ २८ गते सम्बोधन गर्नेछन् । मन्त्री शाही भदौ ३० गते स्वदेश फर्किने तालिका छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं, २७ असार । नेपाली नारीहरूको उत्सव तीज नजिकिँदै गर्दा, सांगीतिक र प्रभावशाली कृति ‘मधु’ सार्वजनिक भएकाे छ । गायिका हरिमाया कार्कीको मौलिक सिर्जनामा तयार भएको गीत हरिमाया कार्की...
सुर्खेत, २७ असार । खण्डकाव्यकार कृष्ण प्रसाद जैसी (रुपाखेती) द्वारा लिखित नयाँ खण्डकाव्य ‘श्रद्धाञ्जली’ को विमोचन वीरेन्द्रनगर, सुर्खेतमा सम्पन्न भएको छ। दैलेखी सेवा समाज, सुर्खेतको आयोजनामा भएको उक्त समारोहमा...
काठमाडौँ, २७ असार । नेपाल राष्ट्र बैंकले संशोधित एकीकृत निर्देशनमार्फत लघुवित्त संस्थाहरूलाई स्थिर ब्याजदर (Fixed Interest Rate) पनि प्रकाशित गर्न अनिवार्य गरेको छ। नयाँ व्यवस्थाअनुसार, अब ग्राहकहरूले कर्जा लिँदा...
काठमाडौँ, २७ असार । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन क्षेत्रमा अब खादा, माला तथा संस्थागत चिन्ह झल्किने पोशाक र सामग्री प्रयोगमा प्रतिबन्ध लगाइएको छ। अध्यागमन कार्यालयले सूचना जारी गर्दै सुरक्षाको...