भर्खरै : Sorry, your browser does not support inline SVG.
मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते | दसैँको सट्टा खोकनामा सिकाली जात्राको रौनक, जोगिँदै मौलिक संस्कृति | चिकित्सा शिक्षामा ४१८ सिट थपियो, एमबीबीएस र नर्सिङ पढ्ने विद्यार्थीलाई अवसर बढ्ने | मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपीडित परिवारलाई मासिक १५ हजारसम्म सहायता | ७० वर्ष पुरानो प्रहरी ऐन बदलिँदै, सरुवा–बढुवामा ‘हाकिम रिझाउने’ प्रवृत्ति अन्त्य गर्ने गृहमन्त्रीको घोषणा | गोरखा, बागलुङ र धादिङका बाढीपहिरो प्रभावित क्षेत्र तीन महिनाका लागि सङ्कटग्रस्त घोषित |

गण्डकीमा डेँगीको सङ्क्रमण तीव्र

गण्डकीमा डेँगीको सङ्क्रमण तीव्र

काठमाडौं । गण्डकी प्रदेशमा डेँगी सङ्क्रमण तीव्र भइरहेको छ । सावधानी अपनाउन चिकित्सकको सुझाव छ । रोग सार्ने लामखुट्टेको टोकाइबाट बच्नु नै डेँगीबाट बच्ने उत्तम उपाय भएको उनीहरूको भनाइ छ । डेँगी सङ्क्रमण हुँदैमा आत्तिहाल्नु नपर्ने चिकित्सकले बताएका छन् ।

डेँगी सङ्क्रमणपछि बान्ता भइरहने, नाकबाट रगत आउने, कालो दिसा हुने, थकानजस्ता लक्षण देखिए चिकित्सकको विशेष निगरानीमा उपचार गर्नुपर्ने हुन्छ । डेँगी भएमा आराम गर्ने, पानीलगायत झोलिलो प्रशस्त पदार्थ पिउने र जथाभावी औषधि सेवन गर्न नहुने चिकित्सकले बताएका छन् ।

गर्भवती र बालबालिकामा डेँगीको सङ्क्रमण भएमा स्वास्थ्यमा जटिलता निम्तनसक्ने उनको हुन्छ । ुअधिकांश सङ्क्रमित सामान्य उपचारपछि निको हुन्छन्, कतिपयमा डेँगीले जटिलता ल्याउन सक्छ, सामान्य रोग हो भन्ने सोचेर लापरबाही गरेमा ज्यानै जोखिममा पर्न सक्ने भएकाले सावधानी अपनाउनु बाहेक अर्को विकल्प नरहेको स्वास्थ्यकर्मी बताउँछन् । डेँगी सार्ने ‘एडिस एजिप्टाइ’ जातको पोथी लामखुट्टे जमेको सफा पानीमा बस्ने हुँदा घर, कार्यालय र सार्वजनिकस्थलमा पानी जम्न दिनु हुदैन ।

 


Thali Mobile Pvt.Ltd.