भर्खरै : Sorry, your browser does not support inline SVG.
क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च | धनुषामा कपडाको पेटीमा लुकाएको १३ लाख ६५ हजार रुपैयाँसहित भारतीय नागरिक पक्राउ | विश्वकर्मा पूजामा भद्रकालीमा बिहानैदेखि श्रद्धालुको भीड, सवारीसाधन र औजारको पूजा | नेपालगन्जमा जलेर नष्ट भएका ३१ हजार लालपुर्जाको स्रेस्ता कायम | जन्मभूमिको पीडाले जापानबाट नेपाल तान्यो डंगोललाई, १५० बाढीपीडित परिवारलाई नगद राहत | भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा |

चित्रलेखा यादव अष्ट्रेलियाको राजदूतमा सिफारिस

चित्रलेखा यादव अष्ट्रेलियाको राजदूतमा सिफारिस

काठमाडौं । चित्रलेखा यादव अष्ट्रेलियाको राजदूतमा सिफारिस भएकी छन् । सोमबारको मन्त्रिपरिषद बैठकले कांग्रेस नेता यादवलाई राजदूत नियुक्तिका लागि सिफारिस गरेको हो । पूर्वकोषाध्यक्ष तथा पूर्वउपसभामुख भइसकेकी उनी शिक्षा मन्त्री समेत बनेकी थिइन् ।

यसअघि अष्ट्रेलियाको राजदूतमा कान्ता रिजालको नाम सिफारिस गरिएको थियो । तर रिजाल इजरायलको राजदूतबाट फिर्ता हुँदा सहयोगीलाई स्वदेश नर्फकाएको उजुरी परराष्ट्र मन्त्रालयमा परेपछि उनको सट्टा चित्रलेखा यादवलाई सिफारिस गरिएको स्रोतले बतायो ।

संसदीय सुनुवाइको प्रक्रिया पूरा भएपछि राष्ट्रपतिबाट राजदूत नियुक्ति हुने व्यवस्था छ ।

 


Thali Mobile Pvt.Ltd.