भर्खरै : Sorry, your browser does not support inline SVG.
भक्तपुरमा नेपाली मौलिक वास्तुकलाको प्रदर्शनी, १८५ सम्पदा पुनर्निर्माण गरिएको जानकारी | मुख्यमन्त्री किरण थापासहित विभिन्न व्यक्तिहरूलाइ क्रियाशील पत्रकार मञ्च, भक्तपुरद्वारा सम्मानपत्र प्रदान | स्वास्थ्य सचिव डा. सुमित्रा गौतमलाई क्रियाशील पत्रकार मञ्च भक्तपुरको सम्मान | नोबेल शान्ति पुरस्कार घोषणापछि आईसीसीमाथि अमेरिकी प्रतिबन्ध | नेपालमा आप्रवासी चराको वासस्थान सङ्कटमा, ४५ प्रतिशतको सङ्ख्या घट्दो | बीपी राजमार्ग दुईतर्फी खुल्यो, लेदो र गेग्रान हटाइएपछि यातायात सहज | राष्ट्रिय परिचयपत्र नभएकै कारण बैंकिङ सेवा रोक्न नपाइने, सर्वोच्चको आदेश | जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु, आमा उपचारपछि घर फर्किइन् |

बर्दियामा हावाहुरीको चपेटा: बालबालिकासहित घरमा क्षति

बर्दियामा हावाहुरीको चपेटा: बालबालिकासहित घरमा क्षति

बर्दिया, ११ जेठ । बर्दियाको ठाकुरबाबा नगरपालिका तथा आसपासका क्षेत्रहरूमा हिजो दिउँसो आएको हावाहुरीले जनधनको क्षति पुर्‍याएको छ। ठाकुरबाबा नगरपालिका–३ नेउलापुर गाउँमा ठूलो रुख घरमाथि ढल्दा दुई बालक घाइते भएका छन्।

स्थानीय रामकुमार थारुको घरमाथि रहेको सालको रुख हावाहुरीले ढल्दा घर पूर्ण रूपमा क्षति भएको र उनका दुई छोराहरू ५ वर्षीय आदित्य थारु र १० वर्षीय अमित थारु घाइते भएको स्थानीयले जानकारी दिए।

घाइतेमध्ये अमितको ठाकुरबाबा नगर अस्पतालमा उपचार भइरहेको छ भने अदित्यलाई थप उपचारका लागि नेपालगञ्ज पठाइएको छ। उनीहरूको अवस्था गम्भीर नभएको तर निगरानीमा राखिएको स्थानीयले बताएका छन्।

स्थानीय बासिन्दाहरूले हावाहुरीका कारण अन्य स्थानहरूमा पनि सामान्य क्षति पुगेको जनाएका छन्। प्रभावित परिवारलाई तत्काल राहत उपलब्ध गराउन स्थानीय सरकारलाई आग्रह गरिएको छ।

 


Thali Mobile Pvt.Ltd.