भर्खरै : Sorry, your browser does not support inline SVG.
भक्तपुरमा नेपाली मौलिक वास्तुकलाको प्रदर्शनी, १८५ सम्पदा पुनर्निर्माण गरिएको जानकारी | मुख्यमन्त्री किरण थापासहित विभिन्न व्यक्तिहरूलाइ क्रियाशील पत्रकार मञ्च, भक्तपुरद्वारा सम्मानपत्र प्रदान | स्वास्थ्य सचिव डा. सुमित्रा गौतमलाई क्रियाशील पत्रकार मञ्च भक्तपुरको सम्मान | नोबेल शान्ति पुरस्कार घोषणापछि आईसीसीमाथि अमेरिकी प्रतिबन्ध | नेपालमा आप्रवासी चराको वासस्थान सङ्कटमा, ४५ प्रतिशतको सङ्ख्या घट्दो | बीपी राजमार्ग दुईतर्फी खुल्यो, लेदो र गेग्रान हटाइएपछि यातायात सहज | राष्ट्रिय परिचयपत्र नभएकै कारण बैंकिङ सेवा रोक्न नपाइने, सर्वोच्चको आदेश | जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु, आमा उपचारपछि घर फर्किइन् |

रुपन्देहीमा झडपपछि पेस्तोलसहित दुई युवा पक्राउ

रुपन्देहीमा झडपपछि पेस्तोलसहित दुई युवा पक्राउ

बुटवल, ११ जेठ । रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–११ स्थित जितवापुर गाउँमा प्रहरीले पेस्तोलसहित दुई जनालाई पक्राउ गरेको छ। स्थानीय युवाबीच भएको झडपपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

गएराति दुई समूहबीच सामान्य विवाद चर्किएर झडप भएको थियो। सो क्रममा प्रहरी टोलीले हस्तक्षेप गर्दै घटनास्थलबाट एक थान पेस्तोलसहित दुई युवालाई नियन्त्रणमा लिएको  इलाका प्रहरी कार्यालय लुम्बिनीले जनाएकाे छ । 

झडपमा परी एक जना युवा घाइते भएको र उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। पक्राउ परेका युवाहरूलाई हाल इलाका प्रहरी कार्यालय लुम्बिनीमा राखिएको छ र घटनासम्बन्धी थप अनुसन्धान भइरहेको छ।

प्रहरीले युवाहरूसँग हतियार फेला परेको हुँदा घटनालाई गम्भीर रूपमा लिएर अनुसन्धान प्रक्रिया अघि बढाइने जनाएको छ।

 


Thali Mobile Pvt.Ltd.