भर्खरै : Sorry, your browser does not support inline SVG.
काठमाडौँको रात्रि यातायात विस्तार हुँदै, २८ बस र ६ नयाँ रुट प्रस्ताव | बाढी पहिरोले देशभरको सडक सञ्जाल अस्तव्यस्त, मुख्य राजमार्ग प्रभावित | त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी | मियामीमा अमेजनको कार्गो विमान दुर्घटना : पाँच जनाको मृत्यु, पाँच घाइते | वैज्ञानिकहरूले डार्क म्याटरको प्रत्यक्ष खोज मानेका छैनन् | रसुवागढी र तातोपानी ठप्प भएपछि चीनसँगको व्यापार कोरला नाकामा निर्भर | देशका धेरै ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा | बाढी प्रभावित क्षेत्रको पुनर्स्थापना र दिगो समाधानका लागि नेकपाको २४ बुँदे प्रस्ताव पारित |

नीतिगत अस्थिरता कम गर्न थोरै क्षेत्रमा मात्रै करका दरहरू हेरफेर गरिएको होः अर्थमन्त्री

नीतिगत अस्थिरता कम गर्न थोरै क्षेत्रमा मात्रै करका दरहरू हेरफेर गरिएको होः अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले नीतिगत अस्थिरता कम गर्न थोरै क्षेत्रमा मात्रै करका दरहरू हेरफेर गरिएको बताएका छन्। नेपाल आर्थिक पत्रकार संघले आज काठमाडौंमा आयोजना गरेको आर्थिक वर्ष २०८१।८२ को बजेटमाथिको छलफल कार्यक्रममा बोल्दै अर्थमन्त्री पुनले यस्तो बताएका हुन्।

उनले वर्तमान मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउँदै नीतिगत स्थिरता समेत दिने गरी आगामी आर्थिक वर्षको बजेट आएको दावी गरे। उनले सरकारले सार्वजनिक पक्षलाई जोड दिँदै सोही प्रतिबद्धतानुसार नै बजेट ल्याइएको उल्लेख गरे।
उनले मुलुकमा सरकार र अर्थमन्त्री परिवर्तन भए पनि सरकारको नीति र बृहत् सोचमा परिवर्तन नआउने गरी बजेट ल्याएको जानकारी दिए।

अर्थमन्त्री पुनले नयाँ चरणको आर्थिक सुधार गर्ने साझा सोचबाट बजेट आएको भन्दै बृहत् छलफलबाट सोच निर्माण गरी कार्यान्वयन गर्ने प्रतिबद्धता जनाए। उनले निजी क्षेत्रसहितको साझा सोचबाट मुलुकको अर्थतन्त्रमा नयाँ चरणको परिवर्तन गर्ने सरकारको प्रतिबद्धता रहेको उल्लेख गरे। उनले सरकार निजी क्षेत्रको साझा सोच र संकल्पबाट मात्रै नयाँ चरणको सुधार हुनसक्ने दाबी गरेका छन् ।

 


Thali Mobile Pvt.Ltd.