भर्खरै : Sorry, your browser does not support inline SVG.
काठमाडौँको रात्रि यातायात विस्तार हुँदै, २८ बस र ६ नयाँ रुट प्रस्ताव | बाढी पहिरोले देशभरको सडक सञ्जाल अस्तव्यस्त, मुख्य राजमार्ग प्रभावित | त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी | मियामीमा अमेजनको कार्गो विमान दुर्घटना : पाँच जनाको मृत्यु, पाँच घाइते | वैज्ञानिकहरूले डार्क म्याटरको प्रत्यक्ष खोज मानेका छैनन् | रसुवागढी र तातोपानी ठप्प भएपछि चीनसँगको व्यापार कोरला नाकामा निर्भर | देशका धेरै ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा | बाढी प्रभावित क्षेत्रको पुनर्स्थापना र दिगो समाधानका लागि नेकपाको २४ बुँदे प्रस्ताव पारित |

अमेरिकी दूतावासले सन्दीपलाई अन्तर्वार्ताका लागि बोलायो

अमेरिकी दूतावासले सन्दीपलाई अन्तर्वार्ताका लागि बोलायो

काठमाडौं । काठमाडौंस्थित अमेरिकी दूतावासले क्रिकेटर सन्दीप लामिछानेलाई अन्तर्वार्ताका लागि बोलाएको छ । उनलाई अमेरिकी भिसा दिने वा नदिने सम्बन्धमा अन्तर्वार्ता लिन दूतावासले बोलाएको हो ।

काठमाडौंस्थित अमेरिकी दूतावासले यही जेठ ९ गते लामिछानेलाई अमेरिकी भिसा दिन अस्वीकार गरेको थियो । आईसीसी ट्वान्टी–२० विश्वकप क्रिकेट खेल्न अमेरिका जानको लागि उनले भिसाको लागि दूतावासमा आवेदन दिएका थिए । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार लामिछानेले बारम्बार फोन गरेपछि काठमाडौंस्थित अमेरिकी दूतावासलाई भिसामा सहजीकरण गरिदिन परराष्ट्रले अनुरोध गरेको थियो । त्यसपछि दूतावासले अन्तर्वार्ताको लागि लामिछानेलाई बोलाएको हो ।

आईसीसी ट्वान्टी–२० क्रिकेट विश्वकप अमेरिका र वेस्ट इन्डिजले संयुक्त रूपमा आयोजना गर्दै छन् । विश्वकप आउँदो जुन २ देखि २९ सम्म हुँदै छ । विश्वकप खेल्नको लागि नेपाली राष्ट्रिय टिम अहिले अमेरिकामा छ ।

 


Thali Mobile Pvt.Ltd.