भर्खरै : Sorry, your browser does not support inline SVG.

विष्णुमाया विष्टको हत्यामा संलग्न पाँच जना पक्राउ

विष्णुमाया विष्टको हत्यामा संलग्न पाँच जना पक्राउ

काठमाडौं । झापामा ६७ वर्षीया विष्णुमाया विष्टको हत्यामा संलग्न रहको आरोपमा पाँच जना पक्राउ परेका छन्। बिर्तामोड नगरपालिका वडा नम्बर ४ शिवनगर टोल बस्ने विष्णुमाया गत वैशाख २६ गते मृत फेला परेकी थिइन्। टाउकोमा धारिलो हतियार प्रहार गरी उनको हत्‍या भएको थियो।

उनको हत्या आरोपी पाँच जनालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय झापाले आज सार्वजनिक गरेको हो। पक्राउ पर्नेमा बिर्तामोड ४ शिवनगरका २२ वर्षीय गंगाप्रसाद राजवंशी, २३ वर्षीय महेश राजवंशी, २१ वर्षीया वर्षा मुनदास राजवंशी, ३३ वर्षीय ज्याक भन्ने भगरथ माझी र ४३ वर्षीय धनबहादुर कामी छन्।

पक्राउ परेका उनीहरूले लुटपाट गर्ने उद्देश्यले हत्या गरेको खुलेको छ। प्रहरीकाअनुसार यस घटनामा मुख्य अभियुक्त गंगा प्रसाद छन्। महेश उनका सहयोगी हुन्।
उनीहरू चोरी गर्न भनेर करिब ११ बजेतिर विष्णुमायाको घर पुगेको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी कृष्ण चन्दले जानकारी दिए। पक्राउ परेका पाँच जनामाथि प्रहरीले मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत ज्यान सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको छ।

 


Thali Mobile Pvt.Ltd.