भर्खरै : Sorry, your browser does not support inline SVG.
काठमाडौँको रात्रि यातायात विस्तार हुँदै, २८ बस र ६ नयाँ रुट प्रस्ताव | बाढी पहिरोले देशभरको सडक सञ्जाल अस्तव्यस्त, मुख्य राजमार्ग प्रभावित | त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी | मियामीमा अमेजनको कार्गो विमान दुर्घटना : पाँच जनाको मृत्यु, पाँच घाइते | वैज्ञानिकहरूले डार्क म्याटरको प्रत्यक्ष खोज मानेका छैनन् | रसुवागढी र तातोपानी ठप्प भएपछि चीनसँगको व्यापार कोरला नाकामा निर्भर | देशका धेरै ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा | बाढी प्रभावित क्षेत्रको पुनर्स्थापना र दिगो समाधानका लागि नेकपाको २४ बुँदे प्रस्ताव पारित |

कर्णाली र सुदूरपश्चिमका एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना

कर्णाली र सुदूरपश्चिमका एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना

काठमाण्डौ, ९ भदौ  । आज कर्णाली र सुदूरपश्चिम प्रदेशको एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार बाँकी पहाडी क्षेत्रका केही र तराईका थोरै ठाउँमा मध्यम वर्षा हुने देखिन्छ ।

लुम्बिनी र सुदूरपश्चिमको तराई भू–भागमा हल्का हावाहुरी चल्ने सम्भावना पनि रहेको महाशाखाले जनाएको छ । साथै राति लुम्बिनी र सुदूरपश्चिमको एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको पूर्वानुमानमा उल्लेख छ ।

बागमती, गण्डकी र सुदूरपश्चिमका केही ठाउँमा र बाँकी पहाडी तथा तराईका क्षेत्रहरूमा पनि मध्यम वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.