भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

मेची भन्सारमा आयात निर्यात घटे पनि राजस्व बढ्यो

मेची भन्सारमा आयात निर्यात घटे पनि राजस्व बढ्यो

झापा, ९ भदौ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो महिना साउनमा काँकरभिट्टा नाकाबाट आयात र निर्यात दुबै घटेका छन् ।

मेची भन्सार कार्यालयका अनुसार साउन महिनामा तीन अर्ब ६९ करोड ४० लाख मूल्य बराबरको वस्तु आयात भएको छ, जुन अघिल्लो वर्षको सोही अवधिभन्दा १९ करोड दुई लाखले कम हो । सूचना अधिकारी एवम् भन्सार अधिकृत ईश्वरकुमार हुमागाईंका अनुसार गत आव २०८१/८२ को सोही अवधिमा तीन अर्ब ८८ करोड ४३ लाख बराबरको वस्तु आयात भएको थियो ।

निर्याततर्फ पनि घटावट देखिएको छ । चालु आवको साउनमा एक अर्ब ५४ करोड २८ लाख बराबरको सामान विभिन्न मुलुक निर्यात भएको हो । गत वर्षको साउनमा भने एक अर्ब ८० करोड ८२ लाख बराबरको सामान निर्यात भएको थियो ।

तर आयात र निर्यात दुवै घटे पनि राजस्व भने बढेको छ । कार्यालयका अनुसार चालु आवको साउन महिनामा एक अर्ब २६ करोड ५० लाख राजस्व संकलन भएको छ, जुन गत आवको सोही अवधिभन्दा १५ करोड १८ लाख बढी हो ।

 


Thali Mobile Pvt.Ltd.