भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

बेनी–जोमसोम सडकमा राति गाडी चलाउन रोक

बेनी–जोमसोम सडकमा राति गाडी चलाउन रोक

मुख्य बुँदा

बेनी–जोमसोम सडकको म्याग्दी खण्डमा रातिको गाडी आवतजावत रोक

बेलुकी ६ बजेदेखि बिहान ५ बजेसम्म यात्रा निषेध

पहिरो खस्ने उच्च जोखिम भएकाले निर्णय

प्रहरी चौकीमार्फत म्याग्दी र मुस्ताङको समन्वय

सडक स्तरोन्नति अन्तिम चरणमा

म्याग्दी, २७ साउन । पहिरोका कारण जोखिमपूर्ण बेनी–जोमसोम सडकको म्याग्दी खण्डमा स्थानीय प्रशासनले रातिको समयमा गाडी चलाउन रोक लगाएको छ ।

जिल्ला सुरक्षा समिति म्याग्दी र मुस्ताङले आजदेखि रातिको समयमा गाडी चलाउन रोक लगाउने निर्णय गरेको हो । अर्को सूचना नआएसम्म सडकमा बेलुकी ६ बजेदेखि बिहान ५ बजेसम्म गाडी आवतजावत बन्द गर्ने निर्णय गरिएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले जानकारी दिनुभयो ।

यस्तै म्याग्दीका प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले वर्षातको समयमा पहिरोको जोखिम भएकाले रातिको समयमा यात्रा नगर्न अनुरोध गरिएको र स्थानीय प्रहरी चौकीमार्फत दुई जिल्लाले समन्वय गरेर निर्णय कार्यान्वयन गरिने बताउनुभयो ।

रघुगङ्गा गाउँपालिका–२ बैसरी, माझखर्क, अन्नपूर्ण गाउँपालिका–२ भुरुङभीर, ३ गुइठेभीर, सुकेबगर र काभ्रेभीरमा पहिरो खस्ने समस्या छ ।

बेनी–जोमसोम सडक स्तरोन्नति अन्तिम चरणमा छ । बेनी–जोमसोम–कोरला सडक योजना कार्यालयले पहिरो पन्छाउने र गाडी सञ्चालन गर्दै आएको छ । रासस

 


Thali Mobile Pvt.Ltd.