भर्खरै : Sorry, your browser does not support inline SVG.
यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते | दसैँको सट्टा खोकनामा सिकाली जात्राको रौनक, जोगिँदै मौलिक संस्कृति | चिकित्सा शिक्षामा ४१८ सिट थपियो, एमबीबीएस र नर्सिङ पढ्ने विद्यार्थीलाई अवसर बढ्ने | मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपीडित परिवारलाई मासिक १५ हजारसम्म सहायता | ७० वर्ष पुरानो प्रहरी ऐन बदलिँदै, सरुवा–बढुवामा ‘हाकिम रिझाउने’ प्रवृत्ति अन्त्य गर्ने गृहमन्त्रीको घोषणा | गोरखा, बागलुङ र धादिङका बाढीपहिरो प्रभावित क्षेत्र तीन महिनाका लागि सङ्कटग्रस्त घोषित | गहुँको न्यूनतम समर्थन मूल्य बढ्यो, अब प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ | पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते |

खोलामा एउटा बस पुरिएको भेटियो

खोलामा एउटा बस पुरिएको भेटियो

काठमाडौं । नौबिसे–नागढुंगा सडकखण्डको झ्याप्ले खोलामा बस पुरिएको अवस्थामा भेटिएको छ । केही भाग मात्र देखिन्छ । बसको नम्बर पनि खुलेको छैन । डोजर प्रयोग गरेर पहिरो पन्छाउने गरिएको छ ।

गोरखाबाट शुक्रबार काठमाडौंबाट छुटेको तर सम्पर्कमा नरहेको भनिएको बस हुन सक्ने आशंका गरिएको छ । खोलामै हिजो दुई वटा बस पुरिएको अवस्थामा फेला परेका थिए । ती बसबाट १४ जनाको शव निकालिएको थियो । यसैबीच गोरखाबाट काठमाडौंका लागि छुटेको बस सम्पर्क विहीन भएको छ ।

शुक्रबार धार्चे गाउँपालिका लापुवेशीबाट काठमाडौं आउँदै गरेको ना ४ ख २२७० नम्बरको बस सम्पर्कमा नआएको गोरखा दरौदी यातायात सेवा कम्पनी प्रालिले जनाएको छ । मुग्लिनसम्म पुग्दा बसमा एक जना यात्रु र तीन जना स्टाफ गरी कुल चार जना सवार थिए ।

बस सम्पर्कविहीन भएको भनी खबर प्राप्त भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । खोजी कार्यका लागि आवश्यक समन्वय भइरहेको प्रहरीले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.