भर्खरै : Sorry, your browser does not support inline SVG.
अमेरिकी मध्यावधि निर्वाचनमा रिपब्लिकनलाई धक्का, नर्थ क्यारोलाइनामा डेमोक्रेटको जित | विद्यार्थी राजनीतिदेखि जापानको संयोजकसम्म : रेशमकुमार डंगोलको संघर्षपूर्ण यात्रा | जुम्लाको दुर्गम गाउँदेखि विद्यावारिधिसम्म : एलपी देवकोटाको प्रेरणादायी कथा | प्रतिपक्षी दलको सरकारलाई दबाब : ‘तत्काल संसद् अधिवेशन बोलाऊ’ | कात्तिक १६ सम्म सात हजार ६८८ विपद्का घटना | भेनेजुएलामा विद्रोही शिविरमाथि सैन्य आक्रमण, कम्तीमा १९ जनाको मृत्यु | मझिमटारमा आकाशे पुलको गर्डर राख्न पृथ्वी राजमार्ग तीन घण्टा बन्द | भक्तपुरमा एकहप्ते सेरामिक्स कार्यशाला सुरु, नगर प्रमुख प्रजापतिद्वारा उद्घाटन |

देवघाटधाममा गण्डकी परिक्रमा महोत्सव

देवघाटधाममा गण्डकी परिक्रमा महोत्सव

दमौली । तनहुँ, चितवन र नवलपुरको सङ्गमस्थल देवघाटधामको धार्मिक महत्व उजागर तथा वैदिक सनातन धर्मसंस्कृतिको प्रचारप्रसार गर्ने उद्देश्यले सन्त महात्माको अगुवाइमा आज गण्डकी परिक्रमा महोत्सव हुँदैछ । वैकुण्ठ चतुर्दशीको अवसर पारेर गण्डकी परिक्रमा महोत्सव आयोजना गरिएको महेश संस्कृत गुरुकुलका प्राचार्य फणीन्द्रप्रसाद पौडेलले जानकारी दिए ।

बिहान ७ बजे देवघाटधामको वेणी सङ्गमबाट सुरु हुने परिक्रमाअन्तर्गत तनहुँतर्फ पशुपतिनाथ मन्दिर, गङ्गा मन्दिर, अघोर आश्रम, गलेश्वर आश्रम ९सिद्धेश्वर मन्दिर०, दुर्गा पाञ्चायन मन्दिर, चक्रवर्ती आश्रम ९मणिमुकुन्देश्वर मन्दिर०, महेश सन्न्यास आश्रम, अभय सन्न्यास आश्रम ९रामेश्वर मन्दिर०, हरिहर सन्न्यास आश्रम ९हरिहर मन्दिर०, राम मन्दिर, लक्ष्मीनारयण मन्दिर, गणेश मन्दिर, केदारेश्वर मन्दिर र बद्रिनाथ मन्दिरको परिक्रमा गरिनेछ ।

चितवनतर्फ देवघाट बसपार्कको सङ्कल्पेश्वर हनुमान मन्दिर, छेदेन थर्वालिङ गुम्बा, विश्वशान्ति यज्ञशाला मन्दिर, राम मन्दिर, राधाकृष्ण मन्दिर, लक्ष्मीनारायण मन्दिर, सीताराम संस्कृत मावि, कन्या गुरुकुल, धर्मदर्शन आश्रम, योगी नरहरिनाथ गौशाला वागिश्वरी मन्दिर, आँपटारी दियालो बङ्गाल चोक, गणेशस्थान, बौद्ध गुम्बा बसेनी, गौरेश्वर शिव मन्दिर पोखरा बसर्पाक, राजयोग सेवा केन्द्र नारयणगढ, हरिहर मन्दिर नारयणगढ, श्रीराम मन्दिर पुल्चोकको परिक्रमा गरिनेछ ।

नवलपुरतर्फ गैँडाकोट पुलचोकको गोपेश्वर महादेव मन्दिर, मौलाकालिका भगवती मन्दिर, वेद विद्याश्रम, शुकदेव भागवताश्रम, श्रीनिम्बाकाचार्य दर्शन केन्द्र, श्रीलक्ष्मीनृसिंह दिव्यधाम मन्दिर, बेसक्याम्प, केलादी क्षेत्र र हर्दी हुँदै पुनः तनहुँको देवपुरको साँढेबगर बौद्ध गुम्बा, भुबराह मन्दिर हुँदै मणिमुकुन्देश्वर चक्रवर्ती आश्रममा आई समापन हुने कार्यक्रम रहेको छ । रासस

 


Thali Mobile Pvt.Ltd.