भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा | सहयोगका नाममा गैरकानुनी असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | नेपालसँग सन् २०२७ भित्र द्विपक्षीय क्रिकेट श्रृंखला खेल्न बङ्गलादेश सकारात्मक | बाल सुधार गृह कि बन्दीगृह? ४६ प्रतिशत बालबालिकामा डिप्रेसनसहित मानसिक समस्या | नयाँ टीबी खोपले एक दशकमा ७३ लाखभन्दा बढी जीवन बचाउन सक्ने गाभीको दाबी | बाढी र पहिरोले यी ९ सडकखण्ड अवरुद्ध, कहाँ-कहाँ रोकियो यातायात ? | ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक |

भदौं २४ को विध्वंसमा ७६ जना पक्राउ, प्रहरी हत्या र तोडफोडमा अनुसन्धान जारी

भदौं २४ को विध्वंसमा ७६ जना पक्राउ, प्रहरी हत्या र तोडफोडमा अनुसन्धान जारी

मुख्य बुँदा 

भदौं २४ को विध्वंसमा ७६ जनापक्राउ

आगजनी, तोडफोड, ज्यान हत्या र आतंक फैलाउने व्यक्तिहरू समावेश

प्रहरी हत्या घटनामा ९ जनामध्ये ४ जना थुनामा, ५ जना हिरासतमा

कारागारबाट भागेका १३२ केदीबन्दी पक्राउ

हराएका हतियारमध्ये केही बरामद

अदालतको आदेशमा पक्राउ परेकालाई थुनामा पठाइयो

काठमाडौं, ७ कार्तिक । नेपाल प्रहरीले भदौं २४ गते भएको विध्वंसमा संलग्न ७६ जनालाई पक्राउ गरेको छ। जेन–जी आन्दोलनपछि उत्पन्न परिस्थितिमा तीन प्रहरीको हत्या, हतियार लुटपाट, तोडफोड र नक्कली हतियार देखाएर आतंक मच्चाउने व्यक्तिहरूलाई अनुसन्धान गरी पक्राउ गरिएको हो।

प्रहरीका अनुसार, आगजनी, तोडफोड र आपराधिक उपद्रवमा संलग्न ६३ जना, ज्यान मार्ने उद्योगमा संलग्न १ जना, र अभद्र व्यवहारमा संलग्न ३ जना पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी रमेश थापाका अनुसार, प्रहरी हत्या घटनामा संलग्न ९ जनामध्ये ४ जना पुर्पक्षका लागि थुनामा पठाइएका छन्।

बाँकी ५ जनालाई हिरासतमा राखेर थप अनुसन्धान जारी रहेको छ। प्रहरीले कारागारबाट भागेका १३२ केदीबन्दीलाई पनि पक्राउ गरेको र २४ गतेको घटनापछि हराएका हतियारमध्ये केही बरामद भएको जनाएको छ।

जिल्ला सरकारी वकिलको कार्यालयले दायर गरेको मुद्दाका आधारमा अदालतले पक्राउ परेकालाई थुनामा पठाउने आदेश दिएको थियो।

 


Thali Mobile Pvt.Ltd.