भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

भक्तपुर जिल्लामा विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना २०८२ स्वीकृत, उद्धार सामग्रीका लागि माग सिफारिस

भक्तपुर जिल्लामा विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना २०८२ स्वीकृत, उद्धार सामग्रीका लागि माग सिफारिस

भक्तपुर, २२ जेठ । भक्तपुर जिल्लामा सम्भावित विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन गर्न आवश्यक पूर्वतयारी तथा प्रतिकार्य योजना २०८२ का लागि जिल्ला विपद् व्यवस्थापन समितिको बैठक सम्पन्न भएको छ।

विहीबार बसेकाे बैठकमा जिल्लाका चार स्थानीय तहबाट प्राप्त विवरणको आधारमा जिल्लाको उद्धार तथा राहत तयारीको अवस्था मूल्याङ्कन गर्दै  बैठकले महत्त्वपूर्ण निर्णयहरू गरेकाे हाे ।

बैठकले भक्तपुर जिल्लाको विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना २०८२ औपचारिक रूपमा स्वीकृत गरेसंगै उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन आवश्यक सामग्रीहरूको अभाव औंल्याउँदै गृह मन्त्रालय तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसमक्ष सामग्रीको माग सिफारिस गर्ने निर्णय समेत गरेकाे छ ।

बैठकले लाइफ ज्याकेट – ९०० थान, रेस्क्यु बनाना बोट – ३ थान, ओबीएम मोटर – २ थान, वाटरप्रूफ डोरी (Static Rope) – ९,४०० मिटर, हेड टर्च (वाटरप्रूफ) – ४० थान, लाइफ ट्युब – ९० थान, जेट इञ्जिन (पानी फल्ने) – ९ थान माग गरेकाे छ । 

सामाजिक सजगता अभिवृद्धि गर्न सूचना प्रवाह प्रणाली सुदृढ गर्ने, First Responder तयारी गर्ने, राहत वितरणमा समन्वय कायम राख्ने, तथा रातको समयमा जोखिमयुक्त उद्धार कार्य केवल अति आवश्यक परेमा मात्र सावधानीपूर्वक सञ्चालन गर्ने बैठकमा निर्णयहरू गरिएकाे छ । 

नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल लगायत सुरक्षा निकायलाई पूर्वतयारी अवस्थामा राख्ने, डुबानको उच्च जोखिम रहेका क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सार्ने र समुदायमा जनचेतना अभिवृद्धिका कार्यक्रमहरू सञ्चालन गर्ने समेत निर्णय गरेकाे जिल्ला प्रशासन कार्यालय भक्तपुरले जनाएकाे  छ।

 


Thali Mobile Pvt.Ltd.