भर्खरै : Sorry, your browser does not support inline SVG.

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

भक्तपुरमा साढे ५ किलो लागू औषध ‘पोल्याण्ड’सहित तीन युवक पक्राउ

भक्तपुरमा साढे ५ किलो लागू औषध ‘पोल्याण्ड’सहित तीन युवक पक्राउ image

भक्तपुर, ३ असार । भक्तपुरको सल्लाघारीस्थित एक क्याफेबाट सशस्त्र प्रहरीले ५.४ किलोग्राम लागू औषध ‘पोल्याण्ड’ (एक प्रकारको चरेश) सहित तीन युवालाई पक्राउ गरेको छ । सशस्त्र इन्क्टेलिजेन्स ब्युरोको विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बल, नेपाल नम्बर २२ गण मुख्यालय गृहेश्वरी मातहतको औद्योगिक सुरक्षा बेस, ब्यासी भक्तपुरबाट खटिएको टोलीले प्रकाउ गरेकाे हाे ।

भक्तपुर नगरपालिका–१, मुपुच्व गणेश मन्दिर नजिकको क्याफेमा लागू औषधको कारोबार भइरहेको भन्ने सूचना प्राप्त भएपछि सशस्त्र प्रहरीको सात सदस्यीय टोली खटिएको थियो । प्रहरीले उनीहरूलाई रंगेहात पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेहरूमा धादिङको गल्छी गाउँपालिका–५ निवासी २० वर्षीय सुमन तामाङ, २३ वर्षीय सुरवीर तामाङ र २३ वर्षीय कमल तामाङ छन् । उनीहरू सवारीसाधन र लागू औषधसहित पक्राउ परेका हुन् ।

बरामद सामग्रीहरू:

  • लागू औषध ‘पोल्याण्ड’ (चरेश): ५.४ केजी

  • मोटरसाइकल (बा ७५ प २२ नम्बरको बजाज २२०): १ थान

  • एन्ड्रोइड मोबाइल: ३ थान

  • नगद रकम: रु. ६,४००

पक्राउ परेका तीनै जनालाई बरामद सामग्रीसहित थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी परिसर, भक्तपुरमा बुझाइएको सशस्त्र प्रहरीले जानकारी दिएको छ।

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्

Jilla Swasthey Karyalaya


hotelghyampedanda



Thali Mobile Pvt.Ltd.