भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

नवलपरासी पूर्वमा भारी वर्षा : खोलानाला र बाढीबाट सतर्क रहन आग्रह

नवलपरासी पूर्वमा भारी वर्षा : खोलानाला र बाढीबाट सतर्क रहन आग्रह

काठमाडौँ, ४ असार । पछिल्लो १२ घण्टामा नवलपरासी पूर्व क्षेत्रमा ठूलो मात्रामा वर्षा भएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार डण्डामा सबैभन्दा धेरै ११६ मिलिमिटर वर्षा मापन भएको छ। यस्तै चितवनमा १०० दशमलव ४ र डोटीमा ९१ दशमलव २ मिलिमिटर वर्षा भएको तथ्यांक छ।

महाशाखाले नवलपरासी पूर्व र आसपासका नदी तथा खोलामा जल सतह बढ्ने र बाढी तथा पहिरोको सम्भावना रहेको भन्दै सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ। डडेलधुरा, दाङ, तनहुँ लगायतका जिल्लामा पनि हल्का देखि मध्यम वर्षा भइरहेको छ भने सुदूरपश्चिम, लुम्बिनी, गण्डकी र बागमती प्रदेशका धेरै ठाउँमा गएराति पनि पानी परेको थियो।

हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। दिउँसो यी प्रदेशका एक-दुई ठाउँमा भारी वर्षा पर्ने सम्भावना छ। मौसमविद् गोविन्द झाकाका अनुसार पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावका कारण मनसुनी वर्षा पश्चिम क्षेत्रमा पूर्ण रूपमा फैलिन नसकेको भए पनि वर्षा भइरहेको छ। साथै भारतको पश्चिम बंगाल क्षेत्रमा बनेको न्यूनचापीय क्षेत्रले पनि वर्षामा प्रभाव पारिरहेको छ।

मौसम पूर्वानुमान महाशाखाले ५० देखि १०० मिलिमिटरलाई भारी वर्षा, १०० देखि २०० मिलिमिटरलाई धेरै भारी वर्षा र २०० भन्दा माथिलाई अति भारी वर्षा भनेर वर्गीकरण गरेको छ। यसैबीच, जल तथा मौसम विभागले नदी किनारमा बसोबास गर्ने जनताहरुलाई जोखिमबाट बच्न र सावधानी अपनाउन अनुरोध गरेको छ।

 


Thali Mobile Pvt.Ltd.