भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा | सहयोगका नाममा गैरकानुनी असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | नेपालसँग सन् २०२७ भित्र द्विपक्षीय क्रिकेट श्रृंखला खेल्न बङ्गलादेश सकारात्मक | बाल सुधार गृह कि बन्दीगृह? ४६ प्रतिशत बालबालिकामा डिप्रेसनसहित मानसिक समस्या | नयाँ टीबी खोपले एक दशकमा ७३ लाखभन्दा बढी जीवन बचाउन सक्ने गाभीको दाबी | बाढी र पहिरोले यी ९ सडकखण्ड अवरुद्ध, कहाँ-कहाँ रोकियो यातायात ? | ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक |

नवौं भक्तपुर महोत्सव: आज ज्योति मगरसहितका कलाकारहरूको सांगीतिक प्रस्तुति

नवौं भक्तपुर महोत्सव: आज ज्योति मगरसहितका कलाकारहरूको सांगीतिक प्रस्तुति

भक्तपुर, २ बैशाख । नयाँ वर्ष २०८२ को अवसरमा भक्तपुरको सल्लाघारीमा नवौं ‘भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सव–२०८१/८२’ भव्य रूपमा जारी छ। भक्तपुरलाई ‘उद्योग, संस्कृति र कृषि’ को संगमका रूपमा स्थापित गर्ने लक्ष्यका साथ औद्योगिक शान्ति नेपाल संस्था र मध्यपुर ब्वाइज ब्याण्डले यो महोत्सव आयोजना गरेका हुन्।

आज महोत्सवमा चर्चित कलाकारहरू ज्योति मगर,  मत ढले ढलेकि गायिका शान्तारानी परियार, दिनेश काफ्ले, मदन विष्ट, र सूर्यमणी आचार्यले सांगीतिक प्रस्तुति दिने छन्। साथै, खुल्ला नृत्य र स्थानीय कलाकारहरूको विशेष प्रस्तुतिले कार्यक्रमलाई थप रमाइलो बनाउने छ।

महोत्सवमा उपलब्ध सामग्रीहरूमा २० देखि ५० प्रतिशतसम्मको आकर्षक छुट प्रदान गरिएको छ। प्रवेश टिकट शुल्क रु. ८० र रु. ५० निर्धारण गरिएको छ।

 


Thali Mobile Pvt.Ltd.