भर्खरै : Sorry, your browser does not support inline SVG.

लोक संस्कृतिको जगेर्ना गर्दैः भिजिट कर्णाली रोधी घरमा गुन्जियो कर्णाली

लोक संस्कृतिको जगेर्ना गर्दैः भिजिट कर्णाली रोधी घरमा गुन्जियो कर्णाली

सुर्खेत । कर्णालीको सांस्कृतिक प्रवर्धन र पर्यटन प्रवर्धनमा योगदान पुर्‍याउने उद्देश्यले स्थापना गरिएको भिजिट कर्णाली रोधी घरले आफ्नै सांगीतिक टिमको सक्रिय सहभागितामा ‘दोहोरी साँझ’ सुरु गरेको छ।

छोटो समय २ महिनाको अवधिमा, सम्पूर्ण तयारी पुरा गरी सोमबारबाट औपचारिक रूपमा दोहोरी साझ सञ्चालनमा ल्याइएको हो।भिजिट कर्णाली यातायात, भिजिट कर्णाली रिसोर्ट हुँदै भिजिट कर्णाली रोधी घर सञ्चालनमा आएको मिजिट कर्णाली प्रा.लि.का अध्यक्ष प्रकाश कुमार शाहीले जानकारी दिनुभयो ।

उहाँले मौलिक नेपाली दोहोरी गीत–संगीतलाई प्रवर्धन गर्नुका साथै, स्थानीय कलाकारहरूलाई अवसर प्रदान गर्दै, सांस्कृतिक चेतना फैलाउने यस रोधी घरले प्रयास गर्ने बताउनुभयो ।

भिजिट कर्णाली टिमको स्पष्ट दृष्टिकोण, दूरदर्शी योजना, र जुझारु कार्यशैली रहेको र सांगीतिक टिमका सदस्यहरूले समय र स्रोत प्रयोग गरी राधी घरलाई स्तरीय बनाउन कुनै कसर बाँकी नराख्ने अध्यक्ष शाहीको भनाई छ ।
स्थान र सुविधा
बुलबुले गेटको छेवैमा अवस्थित र सहज पहुँच हुने स्थानमा रहेको रोधी घरमा आकर्षक बत्तीको सजावट, स्वच्छ वातावरण, स्वादिलो खाना तथा पेय पदार्थको सुविधा रहेको छ । साँझपख सुरु हुने दोहोरी कार्यक्रमले दर्शकहरूलाई नाच्न, गाउन र रमाउन उत्साहित बनाउने सञ्चालकको भनाई छ।

सस्कृति र पर्यटनको संगमस्थल

भिजिट कर्णाली रोधी घरले कर्णाली क्षेत्रका मौलिक भाकाहरू, लोक संस्कृति, र परम्परागत लोकवाद्यको प्रयोग गर्दै साझलाई अझ जीवन्त बनाउने छ भने यसले स्थानीय संस्कृति जगेर्ना गर्ने मात्रै होइन आन्तरिक तथा बाह्य पर्यटकलाई समेत आकर्षित गर्ने उदेश्य लिइएको छ।

हार्दिक आमन्त्रण

सांगीतिक स्वाद, मौलिकता, रमाइलो वातावरण, र आत्मीय आतिथ्य पाउन चाहने सम्पूर्ण दर्शक, शुभेच्छुक, र संगीतप्रेमीहरूलाई भिजिट कर्णाली रोधी घरमा सञ्चालको निमन्त्रणा रहेको छ। यसले कर्णालीको पर्यटन क्षेत्रलाई उचाइमा पु¥याउने सञ्चालकको तर्क रहेको छ ।

 


Thali Mobile Pvt.Ltd.