भर्खरै : Sorry, your browser does not support inline SVG.
सम्पत्ति छानबिन आयोगको काम रोक्न सर्वोच्चको अन्तरिम आदेश, मुद्दा पूर्ण इजलासमा | गणेश नेपाली मृत्यु प्रकरण : डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन | मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित | सम्पत्ति छानबिन आयोगको वैधानिकतामाथि सर्वोच्चमा सुनुवाइ, आयोगको अस्तित्वमै प्रश्न | ३ दिन उच्च सतर्कता! काठमाडौं उपत्यकासहित पूर्वी नेपालका साना नदीमा आकस्मिक बाढीको चेतावनी | काठमाडौंमा अक्सिजन सिलिन्डर विस्फोटको दुःखद घटना, पैदलयात्रीको घटनास्थलमै मृत्यु | जलवायु संकटको नयाँ संकेत! भूमध्य सागरको तापक्रमले तोड्यो सबै रेकर्ड, जुनमै पुग्यो २६.६३°C | त्रिपुरेश्वरमा आत्मदाह प्रयास गरेका गणेश नेपालीको निधन, उपचारकै क्रममा ज्यान गयो |

भक्तपुरमा जनप्रतिनिधि तथा कर्मचारी पारिवारिक भेटघाट सम्पन्न, जनसेवा र अनुशासनमा जोड

भक्तपुरमा जनप्रतिनिधि तथा कर्मचारी पारिवारिक भेटघाट सम्पन्न, जनसेवा र अनुशासनमा जोड

भक्तपुर, ४ साउन । भक्तपुर नगरपालिका वडा नं. ९ मा शनिबार जनप्रतिनिधि तथा कर्मचारीहरूको पारिवारिक भेटघाट कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा नगर प्रमुख सुनिल प्रजापति, उपप्रमुख रजनी जोशी, पूर्ववडाध्यक्ष कृष्णभक्त लवजु, वडा अध्यक्ष रवीन्द्र ज्याख्व लगायतको सहभागिता रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख प्रजापतिले नयाँ पुस्तालाई शिक्षित, सशक्त, अनुशासित र इमानदार बनाउनु नै देशको उज्ज्वल भविष्यको आधार हुने बताउनुभयो।

उहाले नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को सिद्धान्तले जनतामा सकारात्मक प्रभाव पारेको उल्लेख गर्दै, राजनीति त्याग र समर्पणको आधारमा अघि बढ्नुपर्ने धारणा राख्नुभयो। “भक्तपुरको पहिचान नै पारदर्शिता र आर्थिक अनुशासन हो,” उहाले भन्नुभयो, “जनप्रतिनिधि र कर्मचारीहरूले समयको मूल्य बुझ्दै इमानदारीपूर्वक सेवा गर्नु अत्यन्त आवश्यक छ।”

उपप्रमुख रजनी जोशीले नेमकिपाले समाजवादी समाज स्थापनाको आधार तयार गरिरहेको र पुराना अनुभवहरू नयाँ पुस्तामा हस्तान्तरण हुनु पर्ने बताउनुभयो। विगतका त्रुटि सच्याउँदै अघि बढ्न सकेमात्र सफलता प्राप्त हुने धारणा उहाँको थियो।

पूर्ववडाध्यक्ष कृष्णभक्त लवजुले पार्टी नीति अनुसार इमानदार सेवा गर्दै आएका जनप्रतिनिधिहरूको प्रशंसा गर्नुभयो भने वडाध्यक्ष रवीन्द्र ज्याख्वले वडाको समग्र प्रगति जनप्रतिनिधि र कर्मचारीबीचको समन्वयकै परिणाम भएको बताउनुभयो।

कार्यक्रममा छोरीमैया सुजखु र रामेश्वरी किसीले पनि आफ्ना विचार प्रस्तुत गर्दै अनुभव आदान–प्रदान जस्ता कार्यक्रममा नियमितता आवश्यक रहेको धारणा राखेका थिए । 

 


Thali Mobile Pvt.Ltd.