भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

भियतनाममा डुंगा पल्टिँदा ३४ जनाको मृत्यु, ८ जना अझै बेपत्ता

भियतनाममा डुंगा पल्टिँदा ३४ जनाको मृत्यु, ८ जना अझै बेपत्ता

काठमाडौं, ४ साउन । भियतनाममा डुंगा पल्टिँदा कम्तीमा ३४ जनाको मृत्यु भएको छ भने ८ जना अझै बेपत्ता छन्। भियतनामको चर्चित पर्यटकीय क्षेत्र हालोङ्ग खाडीमा डुंगा पल्टिदा ३४ जनाको मृत्यु भएको हो ।

दुर्घटनामा परेका अधिकांश यात्रुहरू राजधानी हनोईबाट आएका भियतनामी नागरिक थिए। स्थानीय प्रशासनका अनुसार खोज तथा उद्धार कार्य तीव्र रुपमा चलिरहेको छ, तर भारी वर्षाका कारण उद्धारमा कठिनाइ भइरहेको जनाएको छ।

पर्यटकहरू डुंगा चढेर समुद्री रमणमा निस्किएका बेला दुर्घटना भएको हो । अचानक आएको शक्तिशाली तुफान ‘विफा’ ले डुंगा पल्टाएको खबर । प्रशासनले जनतालाई आगामी केही दिन अत्यधिक सतर्कता अपनाउन आग्रह गरेको छ।

स्थानीय मिडियाहरूका अनुसार तुफान ‘विफा’ ले अन्यत्र पनि जनधनको क्षति पुर्‍याएको छ। समुद्री यात्रामा रहेका अन्य डुंगाहरूलाई समेत सुरक्षित स्थानतर्फ फर्काइएको छ।

 


Thali Mobile Pvt.Ltd.