भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

भक्तपुरमा भारोत्तोलन प्रतियोगिता सुरु (भिडियो)

भक्तपुरमा भारोत्तोलन प्रतियोगिता सुरु (भिडियो)

काठमाडौं । भक्तपुरमा २६ औं पुरुष तथा ११ औं महिला राष्ट्रिय भारोत्तोलन प्रतियोगिताको सुरु भएको छ । नेपाल भारोत्तोलन संघको आयोजनामा आजदेखि पुस २६ गते सम्म प्रतियोगिता हुने भएको हो । प्रतियोगितामा विभागीय टिमसहित देशभरबाट २५० खेलाडी सहभागी भएको आयोजकले जनाएको छ ।

प्रतियोगिताको उद्घाटन पूर्व उपप्रधानमन्त्री एवं नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिले गर्दै खेलमा राजनीति हुनु गलत भएको बताए । मध्यपुरथिमी नगरपालिकास्थित थिमी वैक्वेटमा सुरु भएको प्रतियोगिता आइडब्ल्युएफ, एडब्ल्युएफ र एनडब्ल्युएको नियमअन्तर्गत संचालन भइरहेको छ ।

भिडियो..


जुनियर तथा सिनियर पुरुषमा ५५, ६१, ६७, ७३, ८१, ८९, ९६, १०२, १०९ वजन समूहका खेलाडीको सहभागिता रहेको छ भने जुनियर महिलामा ४५, ४९, ५५, ५९, ६४, ७१, ७६, ८१, ८७ र युथ महिला ४०, ४५, ४९, ५५, ५९, ६४, ७१, ७६, ८१ वजन समूहमा प्रतिस्पर्धा भइरहेको भारोत्तोलन संघका केन्द्रीय अध्यक्ष रामकृष्ण श्रेष्ठले बताए ।

आजको प्रतियोगितामा विभिन्न देशमा भएका गेममा सहभागि भएर मेडल प्राप्त गरेका खेलाडीहरुलाई नगत तथा प्रमाण पत्रले सम्मान गरिएको थियो । यस्तै युथ पुरुषतर्फ ४९, ५५, ६१, ६७, ७३, ८१, ८९, ९६, १०२ र त्यसभन्दामाथि पनि प्रतिस्पर्धा भइरहेको छ ।

जुनियर र सिनियर महिला पूरुषतर्फ स्वर्ण, रजत र कांस्य ९० गरी दुई सय सत्तरी थान मेडल गरी कुल ५४० थान पदकको प्रतियोगिता भइरहेको हो । प्रतियोगिताको राशी ८६ लाख रहेको आयोजकले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.