भर्खरै : Sorry, your browser does not support inline SVG.
सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती | हर्मुज जलसन्धिमा इरान–ओमानबीच संयुक्त नौपरिवहन मार्गको सम्झौता हुँदै, बहराइन बैठकमा नजाने | मलेसिया रोजगारीमा सिन्डिकेटको आशंका : २५ म्यानपावरमाथि छानबिन, २५० संस्थाको प्रक्रिया रोकियो | शीतल बजारमा पृथ्वी राजमार्ग खोल्न नेपाली सेनाको ब्लास्टिङ, नयाँ सडक संरचना बनाइँदै | वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा, बाँकी संरचना हटाउने काम तीव्र | रसुवागढी नाका बन्द भएपछि मुस्ताङको कोरलानाकामा बढ्यो कारोबार, १५ दिनमै पौने दुई अर्ब राजस्व | बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द |

भक्तपुरमा भारोत्तोलन प्रतियोगिता सुरु (भिडियो)

भक्तपुरमा भारोत्तोलन प्रतियोगिता सुरु (भिडियो)

काठमाडौं । भक्तपुरमा २६ औं पुरुष तथा ११ औं महिला राष्ट्रिय भारोत्तोलन प्रतियोगिताको सुरु भएको छ । नेपाल भारोत्तोलन संघको आयोजनामा आजदेखि पुस २६ गते सम्म प्रतियोगिता हुने भएको हो । प्रतियोगितामा विभागीय टिमसहित देशभरबाट २५० खेलाडी सहभागी भएको आयोजकले जनाएको छ ।

प्रतियोगिताको उद्घाटन पूर्व उपप्रधानमन्त्री एवं नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिले गर्दै खेलमा राजनीति हुनु गलत भएको बताए । मध्यपुरथिमी नगरपालिकास्थित थिमी वैक्वेटमा सुरु भएको प्रतियोगिता आइडब्ल्युएफ, एडब्ल्युएफ र एनडब्ल्युएको नियमअन्तर्गत संचालन भइरहेको छ ।

भिडियो..


जुनियर तथा सिनियर पुरुषमा ५५, ६१, ६७, ७३, ८१, ८९, ९६, १०२, १०९ वजन समूहका खेलाडीको सहभागिता रहेको छ भने जुनियर महिलामा ४५, ४९, ५५, ५९, ६४, ७१, ७६, ८१, ८७ र युथ महिला ४०, ४५, ४९, ५५, ५९, ६४, ७१, ७६, ८१ वजन समूहमा प्रतिस्पर्धा भइरहेको भारोत्तोलन संघका केन्द्रीय अध्यक्ष रामकृष्ण श्रेष्ठले बताए ।

आजको प्रतियोगितामा विभिन्न देशमा भएका गेममा सहभागि भएर मेडल प्राप्त गरेका खेलाडीहरुलाई नगत तथा प्रमाण पत्रले सम्मान गरिएको थियो । यस्तै युथ पुरुषतर्फ ४९, ५५, ६१, ६७, ७३, ८१, ८९, ९६, १०२ र त्यसभन्दामाथि पनि प्रतिस्पर्धा भइरहेको छ ।

जुनियर र सिनियर महिला पूरुषतर्फ स्वर्ण, रजत र कांस्य ९० गरी दुई सय सत्तरी थान मेडल गरी कुल ५४० थान पदकको प्रतियोगिता भइरहेको हो । प्रतियोगिताको राशी ८६ लाख रहेको आयोजकले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.