भर्खरै : Sorry, your browser does not support inline SVG.
पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते | मलेसिया जाने कामदारसँग बढी रकम असुलेको आरोपमा महासङ्घका अध्यक्षसहित ४ जना पक्राउ | ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य पछाडि धकेलियो : केपी शर्मा ओली | दसैँको रमझमबीच भक्तपुरका किसानलाई धान भित्र्याउने हतारो | भक्तपुरका सातवटै खोप केन्द्रको अवस्था समेटिएको पुस्तिका प्रकाशन गर्न नगर प्रमुख प्रजापतिको सुझाव | सरदर समयभन्दा १२ दिन ढिलो नेपालबाट बाहिरियो यस वर्षको मनसुन | बिहारमा डुङ्गा दुर्घटना : १३ बालबालिकाको मृत्यु, मृतक परिवारलाई राहत घोषणा | प्रसारण लाइन मर्मतपछि मुस्ताङ र अन्नपूर्णमा विद्युत् आपूर्ति नियमित |

जुम्लाका किसानलाई मार्सीधान रोप्न भ्याइनभ्याइ

जुम्लाका किसानलाई मार्सीधान रोप्न भ्याइनभ्याइ

जुम्ला । जुम्लाका किसानहरू मार्सीधान रोप्न व्यस्त रहेका छन् । ८ वटै पालिकामा उत्पादन हुने मार्सीधानको रोपाइँमा किसान बिहानदेखि रातिसम्म खेतमै व्यस्त हुन थालेका तातोपानी गाउँपालिका–४ का स्थानीय प्रेमराज पाण्डेले जानकारी दिनुभयो ।

जेठको पहिलो हप्तादेखि असारको दोस्रो हप्तासम्म रोपाइँ हुने गरेको छ । मार्सीधानको चामलले बजार पाउन थालेपछि किसानले खेती बढाएका कृषि विकास कार्यालयका निमित्त कार्यालय प्रमुख रामभक्त अधिकारीले बताउनुभयो ।

सिञ्जा, चन्दननाथ क्षेत्र, तातोपानी, देपालगाउँ, गर्ज्याङकोट र विश्वकै उच्च स्थानमा धान फल्ने पातारासी गाउँपालिकाको छुमचौरमा काली तथा रातो मार्सीधानको रोपाइँ धमाधम भइरहेको छ ।

जुम्लामा २ हजार ८ सय ५० हेक्टरमा धानखेती हुन्छ । त्यसमध्ये १ हजार २ सय हेक्टरमा मार्सीधानको खेती हुने गरेको कार्यालयका प्रमुख अधिकारीको भनाइ छ । शुरूमा चन्दनाथ बाबाले भारतको काश्मीरबाट ल्याएर चन्दननाथ भैरवनाथ मन्दिरको शेरा खेतमा रोपाइँ गरेको इतिहास छ ।

हरेक वर्षको जेठ १४ गते शेरा खेतमा रोपाइँ हुने गरेको छ । पछिल्लो समय पालिकाहरूले मार्सीको विस्तार र संरक्षणका लागि विभिन्न कार्यक्रम अघि सारेका छन् । रासस

 


Thali Mobile Pvt.Ltd.