भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

भक्तपुर नगर टेबुल टेनिस समिति गठन, जिल्ला देखि राष्ट्रियस्तरका प्रतियोगिता संचालन गर्ने

भक्तपुर नगर टेबुल टेनिस समिति गठन, जिल्ला देखि राष्ट्रियस्तरका प्रतियोगिता संचालन गर्ने

भक्तपुर । भक्तपुर नगर टेबुल टेनिस समिति गठन गरिएको छ । भक्तपुर नगरपालिका वडा नं १ का वडाध्यक्ष एव भक्तपुर नगरपालिका युवा तथा खेलकुद समितिका संयोजक श्यामकृष्ण खत्रीको उपस्थितिमा ईन्द्रभक्त पंचको अध्यक्षता ७ सदस्यीय भक्तपुर नगर टेबुल टेनिस समिति गठन गरिएको हो ।

विद्यालय स्तरमै खेलाडी तयार गर्ने हेतुले भक्तपुर नगरपालिकाले नगर स्तरीय विद्यालय व्यापी विभिन्न १६ खेलका प्रतियोगिताहरु संचालन गरेको भक्तपुर नगरपालिका युवा तथा खेलकुद समितिका संयोजक श्यामकृष्ण खत्रीले बताए । उनले भक्तपुर नगरपालिकाले टेबुल टेनिस लगायत अन्य विभिन्न खेलकुदको प्रशिक्षण संचालन समेत गरीरहेको जानकारी दिए ।

भक्तपुर नगरपालिकाले प्रत्यक बर्ष कुनै एक खेलमा नगरपालिका व्यापी खेलकुद प्रतियोगिता गर्दै आईरहेको जानकारी दिदै नगरपालिकाबाट आयोजना गरिने खेलकुद प्रतियोगिता संचालन गर्दा नगरस्तरीय खेलसंग सम्बन्धित समिति सँगको सम्बन्वयमा गर्दा नगरपालिकालाई सहज भएको खत्रीले बताए ।

कार्यक्रममा संघका जिल्ला अध्यक्ष प्रेमकृष्ण खर्बुजाले भक्तपुरमा टेबुल टेनिस संघ गठनको ईतिहास र संघले गरिरहेको विभिन्न गतिविधिहरुबारे जानकरी दिदै नगर समिति र जिल्ला संघ मिलेर आगामी दिनमा जिल्ला स्तरीय देखि राष्ट्रिय स्तरका प्रतियोगिता संचालन गर्ने जानकरी दिए । नगर टेबुल टेनिस संघमा मुना बासुकला, रिजन गोथे, पल्पसा प्रजापति, अन्जु सुवाल, कृष्णगोविन्द सिल्पकार र रविन साँध रहेका छन् ।

 


Thali Mobile Pvt.Ltd.