भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

भक्तपुर नगर टेबुल टेनिस समिति गठन, जिल्ला देखि राष्ट्रियस्तरका प्रतियोगिता संचालन गर्ने

भक्तपुर नगर टेबुल टेनिस समिति गठन, जिल्ला देखि राष्ट्रियस्तरका प्रतियोगिता संचालन गर्ने

भक्तपुर । भक्तपुर नगर टेबुल टेनिस समिति गठन गरिएको छ । भक्तपुर नगरपालिका वडा नं १ का वडाध्यक्ष एव भक्तपुर नगरपालिका युवा तथा खेलकुद समितिका संयोजक श्यामकृष्ण खत्रीको उपस्थितिमा ईन्द्रभक्त पंचको अध्यक्षता ७ सदस्यीय भक्तपुर नगर टेबुल टेनिस समिति गठन गरिएको हो ।

विद्यालय स्तरमै खेलाडी तयार गर्ने हेतुले भक्तपुर नगरपालिकाले नगर स्तरीय विद्यालय व्यापी विभिन्न १६ खेलका प्रतियोगिताहरु संचालन गरेको भक्तपुर नगरपालिका युवा तथा खेलकुद समितिका संयोजक श्यामकृष्ण खत्रीले बताए । उनले भक्तपुर नगरपालिकाले टेबुल टेनिस लगायत अन्य विभिन्न खेलकुदको प्रशिक्षण संचालन समेत गरीरहेको जानकारी दिए ।

भक्तपुर नगरपालिकाले प्रत्यक बर्ष कुनै एक खेलमा नगरपालिका व्यापी खेलकुद प्रतियोगिता गर्दै आईरहेको जानकारी दिदै नगरपालिकाबाट आयोजना गरिने खेलकुद प्रतियोगिता संचालन गर्दा नगरस्तरीय खेलसंग सम्बन्धित समिति सँगको सम्बन्वयमा गर्दा नगरपालिकालाई सहज भएको खत्रीले बताए ।

कार्यक्रममा संघका जिल्ला अध्यक्ष प्रेमकृष्ण खर्बुजाले भक्तपुरमा टेबुल टेनिस संघ गठनको ईतिहास र संघले गरिरहेको विभिन्न गतिविधिहरुबारे जानकरी दिदै नगर समिति र जिल्ला संघ मिलेर आगामी दिनमा जिल्ला स्तरीय देखि राष्ट्रिय स्तरका प्रतियोगिता संचालन गर्ने जानकरी दिए । नगर टेबुल टेनिस संघमा मुना बासुकला, रिजन गोथे, पल्पसा प्रजापति, अन्जु सुवाल, कृष्णगोविन्द सिल्पकार र रविन साँध रहेका छन् ।

 


Thali Mobile Pvt.Ltd.