भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

भारतबाट फर्केका कैलाली र अछामका पाँच जनामा कोरोना सङ्क्रमण

भारतबाट फर्केका कैलाली र अछामका पाँच जनामा कोरोना सङ्क्रमण

काठमाण्डौ, २४ जेठ । भारतबाट फर्केका सुदूरपश्चिमको कैलाली र अछामका पाँच जनामा कोरोनाको सङ्क्रमण पुष्टि भएको छ ।

गौरीफन्टा नाका हुँदै नेपाल फर्केका ३० जनाको ‘एन्टिजेन’ परीक्षण गर्दा पाँच जनामा ‘पोजेटिभ’ देखिएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रका सूचना अधिकारी हेमराज जोशीले जानकारी दिनुभयो ।

कोरोना संक्रमण पुष्टि हुनेमा तीन जना कैलाली र दुई जना अछामका रहेका छन् । कोरोना सङ्क्रमित उनीहरुलाई ‘होम क्वारेण्टीन’ मा बस्न परामर्श दिइएको छ । दुई दिनअघि मात्रै गौरीफन्टा नाका भएर भारतबाट आएका ३६ जनाको एन्टिजेन परीक्षण गर्दा तीन जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

यो हप्ता भारतबाट फर्केका आठ जनामा कोराना संक्रमण देखा परेको सूचना अधिकारी जोशीले जानकारी दिनुभयो । संक्रमितहरुमा ज्वरो र रुघाखोकीको समस्या रहेको छ ।

अहिले भारतमा कोरोनाको संक्रमण बढ्न थालेको छ । आपतकालीन सञ्चालन केन्द्रले सीमा नाकामा तीन दिनदेखि ‘हेल्थ डेस्क’ राखेर कोरानाको परीक्षण गर्दै आएको छ । रासस

 


Thali Mobile Pvt.Ltd.