भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

गर्मी बढ्दै जाँदा सिन्धुपाल्चोक सुकुटेमा आन्तरिक पर्यटकको र्‍याफ्टिङ चाप बढ्यो, सुनकोशीमा १ करोड बढी व्यापार

गर्मी बढ्दै जाँदा सिन्धुपाल्चोक सुकुटेमा आन्तरिक पर्यटकको र्‍याफ्टिङ चाप बढ्यो, सुनकोशीमा १ करोड बढी व्यापार

काठमाडौँ, २३ जेठ । गर्मी बढेसँगै सिन्धुपाल्चोकको सुकुटे क्षेत्रमा आन्तरिक पर्यटकहरूको चाप तीव्र रूपमा बढिरहेको छ। विशेषगरी उपत्यकाबासीहरूबीच साहसिक खेल र्‍याफ्टिङ निकै लोकप्रिय बन्दै गएको छ।

त्रिशूली र भोटेकोसी नदीसँगै सुनकोशी नदीमा पनि र्‍याफ्टिङका लागि पर्यटकको आवागमन बढिरहेको छ। सुनकोशी किनारमा करिब दुई दर्जन र्‍याफ्टिङ रिसोर्ट सञ्चालनमा छन् भने हरेक शुक्रबार यहाँ ३ देखि ४ हजार पर्यटक आउने गरेको र्‍याफ्टिङ स्टारका सञ्चालक दीपककुमार राईले जानकारी दिनुभयो।

पर्यटकहरू र्‍याफ्टिङका लागि औसत ४ देखि ५ हजार रुपैयाँ खर्च गर्ने हुँदा हरेक हप्ता सुनकोशी क्षेत्रले करिब १ करोड रुपैयाँभन्दा बढीको आर्थिक कारोबार गर्दै आएको छ।

सुनकोशी नदी सिन्धुपाल्चोकको प्रख्यात नदी हो, जुन साहसिक खेलका लागि उपयुक्त द्रुत बहाव र स्वच्छ पानीको लागि चिनिन्छ। नदीमा सञ्चालन भइरहेका र्‍याफ्टिङ रिसोर्टहरूले स्थानीय रोजगार सृजना गर्नका साथै क्षेत्रको समृद्धिमा योगदान पुर्‍याएका छन्।

पर्यटकको ठूलो मात्रामा आगमनले स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव पारेको छ। होटल, रेष्टुरेन्ट, यातायात र अन्य सेवा क्षेत्रमा रोजगारी सृजना भएको छ। यसले स्थानीय बासिन्दाको आम्दानीमा समेत वृद्धि गरेको छ।

तर, पर्यटनको विकाससँगै वातावरणीय संरक्षण र सुरक्षा मापदण्डलाई पनि कडाइका साथ पालन गर्नुपर्ने आवश्यकता औंल्याइएको छ। उद्योगी र स्थानीय निकायले संयुक्त रुपमा सुनकोशी क्षेत्रमा दीगो पर्यटन प्रवर्द्धनमा जोड दिने प्रतिबद्धता जनाएका छन्।

 


Thali Mobile Pvt.Ltd.