भर्खरै : Sorry, your browser does not support inline SVG.
काठमाडौँको रात्रि यातायात विस्तार हुँदै, २८ बस र ६ नयाँ रुट प्रस्ताव | बाढी पहिरोले देशभरको सडक सञ्जाल अस्तव्यस्त, मुख्य राजमार्ग प्रभावित | त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी | मियामीमा अमेजनको कार्गो विमान दुर्घटना : पाँच जनाको मृत्यु, पाँच घाइते | वैज्ञानिकहरूले डार्क म्याटरको प्रत्यक्ष खोज मानेका छैनन् | रसुवागढी र तातोपानी ठप्प भएपछि चीनसँगको व्यापार कोरला नाकामा निर्भर | देशका धेरै ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा | बाढी प्रभावित क्षेत्रको पुनर्स्थापना र दिगो समाधानका लागि नेकपाको २४ बुँदे प्रस्ताव पारित |

दशैँका लागि हिमाली क्षेत्रबाट भेडाच्याङ्ग्रा बजार झार्न थालियो

दशैँका लागि हिमाली क्षेत्रबाट भेडाच्याङ्ग्रा बजार झार्न थालियो

म्याग्दी, ३ असोज । दशैँ नजिकिएसँगै हिमाली क्षेत्रमा पालिएका भेडाच्याङ्ग्रा बजार झार्न थालिएको छ । किसान तथा व्यापारीले भेडाच्याङ्ग्रा लिएर देशका विभिन्न बजारमा पुग्न थालेका छन् ।

मुस्ताङबाट बेनी–जोमसोम सडक भएर म्याग्दीको रघुगङ्गा गाउँपालिकाको बैसरीमा ल्याइएका भेडाच्याङ्ग्रा ट्रक र कन्टेनरमा राखेर पोखरा, काठमाण्डौलगायत ठूला शहरमा ढुवानी गर्न थालिएको छ ।

नेपाल चौपाया खरिद बिक्री सङ्घका संस्थापक अध्यक्ष ज्ञानकुमार श्रेष्ठका अनुसार हिजोसम्म एक हजार तीन सय भेडाच्याङ्ग्रा काठमाण्डौ पठाइएको छ भने थप एक हजार सात सय पठाउने क्रममा रहेको छ । डोल्पा, जुम्ला र उपल्लो मुस्ताङबाट दशैँका लागि भेडाच्याङ्ग्रा बेच्ने गरिन्छ । रासस

 


Thali Mobile Pvt.Ltd.