भर्खरै : Sorry, your browser does not support inline SVG.
स्वास्थ्य मन्त्रालयमा यौन दुर्व्यवहारविरुद्ध कडा आचारसंहिता, उजुरी परेको ७ दिनभित्र छानबिन गर्नुपर्ने | घुस लिएको भिडियो सार्वजनिक भएपछि बाँकेका दुई ट्राफिक प्रहरी निलम्बित | दूधको मूल्य प्रतिलिटर ८० रुपैयाँ पुर्‍याउन किसानको माग, उत्पादन लागत बढेको गुनासो | बोडेको होल्डिङ सेन्टरमा सुकुमबासीलाई खाना खान रोक, सडकमै बसेर भोजन गर्न बाध्य | न्युजिल्यान्डमा त्रिशङ्कु संसद् : सरकार बनाउन प्रधानमन्त्री लक्सनलाई सात सिटे दलको साथ चाहिने | रविपछि राष्ट्रपति भेट्न शीतल निवास पुगे प्रधानमन्त्री बालेन, भारत भ्रमणबारे दिए जानकारी | पूर्वमन्त्री मातृका यादवका नाति ठगी आरोपमा पक्राउ, १३ लाख ७० हजारभन्दा बढी रकम लिएको जाहेरी | अमेरिकामा शक्तिशाली आँधीको वितण्डा : ९ लाखभन्दा बढी घरमा विद्युत् अवरुद्ध, हजारौँ उडान प्रभावित |

जलवायु परिवर्तनले विश्वव्यापी बाढी र खडेरी बढाउँदै

जलवायु परिवर्तनले विश्वव्यापी बाढी र खडेरी बढाउँदै

मुख्य बुँदा

संयुक्त राष्ट्रसङ्घको विश्व मौसम विज्ञान सङ्गठन (WMO) ले जलवायु परिवर्तनका कारण विश्वव्यापी बाढी र खडेरी बढिरहेको चेतावनी।

‘स्टेट अफ ग्लोबल वाटर रिसोर्सेज’ प्रतिवेदनमा हिमनदी पग्लिनु, असन्तुलित नदी बेसिन, गम्भीर बाढीले जल चक्र अप्रत्याशित भएको उल्लेख।

गएको वर्ष इतिहासकै सबैभन्दा तातो, दक्षिण अमेरिका, अमेजन र दक्षिणी अफ्रिकामा लामो खडेरी।

मध्य अफ्रिका, युरोप र एसियामा सामान्यभन्दा बढी वर्षा र विनाशकारी बाढी।

लगातार छैटौं वर्ष विश्व नदी बेसिनमा असन्तुलन।

हिमनदी पग्लिँदा समुद्री सतह १.२ मिलिमिटरले बढेको, लाखौँ मानिस बाढी जोखिममा।

जलस्रोत अनुगमन र तथ्याङ्क साझेदारी सशक्त बनाउन WMO ले आह्वान।

एजेन्सी, २ असोज । संयुक्त राष्ट्रसङ्घले जलवायु परिवर्तनका कारण विश्वव्यापी रूपमा बाढी र खडेरी चरम रूपमा बढिरहेको चेतावनी दिएको छ।

विश्व मौसम विज्ञान सङ्गठन (WMO) ले सार्वजनिक गरेको ‘स्टेट अफ ग्लोबल वाटर रिसोर्सेज’ प्रतिवेदन अनुसार हिमनदी पग्लिनु, असन्तुलित नदी बेसिन र गम्भीर बाढीले विश्वको जल चक्र अझ अप्रत्याशित भएको देखिएको छ। प्रतिवेदनअनुसार, गएको वर्ष इतिहासकै सबैभन्दा तातो थियो।

यसले दक्षिण अमेरिकाको उत्तरी भाग, अमेजन बेसिन र दक्षिणी अफ्रिकामा लामो खडेरी ल्यायो भने मध्य अफ्रिका, युरोप र एसियामा विनाशकारी बाढी र आँधीबेहरीसहित सामान्यभन्दा बढी वर्षा भयो। डब्लूएमओले लगातार छैटौं वर्ष विश्व नदी बेसिनमा स्पष्ट असन्तुलन देखिएको बताएको छ।

हिमनदी पग्लिँदा समुद्री सतह १.२ मिलिमिटरले बढेको र तटीय क्षेत्रका लाखौँ मानिस बाढी जोखिममा परेको प्रतिवेदनमा उल्लेख छ।WMO ले विश्वभर जलस्रोतको अनुगमन र तथ्याङ्क साझेदारी अझ सशक्त बनाउन आह्वान गरेको छ। जलवायु परिवर्तनले सिर्जना गरेको चुनौतीका कारण विश्वले तत्कालै रणनीति र उपाय अपनाउनुपर्ने आवश्यकता औँल्याइएको छ।

 


Thali Mobile Pvt.Ltd.