भर्खरै : Sorry, your browser does not support inline SVG.
पूर्वी चीनको जियाङ्सीमा पहिरो : एकको मृत्यु, ११ जना बेपत्ता | अमेरिकाद्वारा आफ्ना नागरिकलाई रसुवाका केही क्षेत्रमा यात्रा नगर्न आग्रह | भारतबाट अवैध रूपमा ल्याइँदै गरेको दुई करोड ४० लाखको एप्पल एयरपोड्स बरामद | पहिरोले बडीमालिका–९ का आधा दर्जनभन्दा बढी घरमा क्षति, दुई गोरु मरे | मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व सङ्कलन | भोटेकोशी बाढी : १ हजार ३४१ शव फेला, ४ हजार ९९६ जना अझै सम्पर्कविहीन | गुणस्तरहीन रङ बिक्री गरेको ठहर, बर्जर पेन्ट्सलाई १२ लाखभन्दा बढी क्षतिपूर्ति भराउन आदेश | कृष्णभीरमा खोलिएको अस्थायी ट्र्याक फराकिलो बनाइँदै, भदौ मसान्तसम्म गाडी चलाउने लक्ष्य |

भीम रावलको कटाक्ष : ‘हेलिकप्टर चढेर भागेका ओली अहिले गुन्डुबाट हुँकार गरिरहेका छन्’

भीम रावलको कटाक्ष : ‘हेलिकप्टर चढेर भागेका ओली अहिले गुन्डुबाट हुँकार गरिरहेका छन्’

धनगढी, १२ मंसिर । पूर्वउपप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता डा. भीम रावलले पार्टी सभामा बोल्दै एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि कडा प्रहार गरेका छन् । उनले जेनजी विद्रोहका बेला राष्ट्रिय सुरक्षा परिषद् बैठक समेत बोलाउन नसकेर हेलिकप्टर चढेर भागेका ओली अहिले गुन्डुबाट हुँकार गरिरहेको आरोप लगाए ।

सुदूरपश्चिमको धनगढीमा शुक्रबार आयोजित एकता सन्देश सभामा रावलले भने, “राष्ट्रिय सुरक्षा परिषद् बैठक बोलाउन नसक्ने र हेलिकप्टरबाट भाग्ने केपी ओली आज गुन्डुको दुलोबाट बसेर हुँकार गरिरहेका छन्। अब एक नम्बर पार्टीमा नेपाली कम्युनिस्ट पार्टी आउने नै छ ।” उनले नेकपा ताजा जनादेशमा जान पूर्ण रूपमा तयार रहेको बताउँदै सरकारले निर्वाचनको वातावरण निर्माण गर्न आवश्यक कदम चाल्नुपर्नेमा जोड दिए । रावलले भने, “अन्तरिम सरकारलाई भन्न चाहन्छु । बाहिर चलिरहेको गोलीगठ्ठा नियन्त्रणमा लिएर शान्तिपूर्ण वातावरण बनाओस् । नेकपा चुनावमा जान तयार छ ।”

यसै क्रममा उनले नवयुवा जेनजी पुस्ताको आवाज नेकपाले मात्र उठाएको दाबी गरे । आगामी निर्वाचनमा नेकपाले बहुमत ल्याएर जेनजीका माग र आकांक्षा पूरा गर्ने विश्वास पनि व्यक्त गरे ।

 

 

 

 

 


Thali Mobile Pvt.Ltd.