भर्खरै : Sorry, your browser does not support inline SVG.
काठमाडौँको रात्रि यातायात विस्तार हुँदै, २८ बस र ६ नयाँ रुट प्रस्ताव | बाढी पहिरोले देशभरको सडक सञ्जाल अस्तव्यस्त, मुख्य राजमार्ग प्रभावित | त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी | मियामीमा अमेजनको कार्गो विमान दुर्घटना : पाँच जनाको मृत्यु, पाँच घाइते | वैज्ञानिकहरूले डार्क म्याटरको प्रत्यक्ष खोज मानेका छैनन् | रसुवागढी र तातोपानी ठप्प भएपछि चीनसँगको व्यापार कोरला नाकामा निर्भर | देशका धेरै ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा | बाढी प्रभावित क्षेत्रको पुनर्स्थापना र दिगो समाधानका लागि नेकपाको २४ बुँदे प्रस्ताव पारित |

भिमाद नगरपालिकाको निर्णय—दूधमा प्रतिलिटर १० रुपैयाँ अनुदान

भिमाद नगरपालिकाको निर्णय—दूधमा प्रतिलिटर १० रुपैयाँ अनुदान

तनहुँ, २५ मंसिर । भिमाद नगरपालिकाले दूध उत्पादनमा आत्मनिर्भरता बढाउने उद्देश्यसँगै किसानलाई प्रतिलिटर १० रुपैयाँ अनुदान प्रदान गर्ने निर्णय गरेको छ।

नगरपालिकाका प्रमुख दधिराज सुवेदीका अनुसार ‘दूध उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रम सञ्चालन कार्यविधि, २०८२’ बमोजिम किसानलाई प्रतिलिटर १० रुपैयाँ अनुदान दिने व्यवस्था गरिएको हो।

यसका लागि नगरपालिका र भिमाद कृषि उद्यम सहकारी संस्थाबीच औपचारिक सम्झौता गरिएको छ। सम्झौताअनुसार दूध उत्पादन गर्ने किसानलाई सहकारीमार्फत अनुदान रकम वितरण हुनेछ।

नगरपालिकाले दूधको मूल्यसमेत नयाँ दरमा निर्धारण गरेको छ। भदौ १ देखि माघ मसान्तसम्म:

खरिद मूल्य: ११० रुपैयाँ/लिटर, थोक बिक्री मूल्य: १२० रुपैयाँ/लिटर, खुद्रा बिक्री मूल्य: १३० रुपैयाँ/लिटर, फागुन १ देखि साउन मसान्तसम्म: खरिद मूल्य: ११५ रुपैयाँ/लिटर, थोक बिक्री मूल्य: १३० रुपैयाँ/लिटर, खुद्रा बिक्री मूल्य: १४० रुपैयाँ/लिटर ।

नगरपालिकाले किसानलाई प्रोत्साहन गर्ने र स्थानीय उत्पादनलाई संरक्षण गर्ने उद्देश्यले यस्तो योजना ल्याएको जनाएको छ।

 


Thali Mobile Pvt.Ltd.