भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

भोजपुरमा बाँदरको आतङ्क, किसान बस्ती खाली गर्न बाध्य

भोजपुरमा बाँदरको आतङ्क, किसान बस्ती खाली गर्न बाध्य

भोजपुर, २७ साउन । वर्षभरि खाने अन्नबाली बाँदरले छिनभरमै नष्ट गर्न थालेपछि भोजपुरका किसानहरू चिन्तित बनेका छन्। विशेष गरी मकै पाक्ने समयमा खेतबारीमा पसेर अन्नपात सखाप पार्ने बाँदरका कारण यहाँका नौवटै स्थानीय तह बास्तिम, दलगाउँ, मानेभञ्याङ, खावा, कोट, गोगने, लेखर्क, बोखिम र धोद्लेखानीका बासिन्दा मारमा परेका हुन्।

स्थानीयवासीका अनुसार बस्ती खाली भएपछि माथिल्लो भेगसम्म बाँदरको गतिविधि बढेको छ। रामप्रसादराई–६ का किसान राजेन्द्र राईले सरकारले बाँदर नियन्त्रणका लागि तत्काल उचित उपाय खोज्नुपर्ने बताए। उनले बाँदरको आतङ्कका कारण बर्सेनी बस्ती खाली हुने अवस्था आएको र गाउँमा बस्न सक्ने परिस्थिति कमजोर हुँदै गएको उल्लेख गरे।

भोजपुर नगरपालिका क्षेत्रमा समेत बाँदरको समस्या गहिरिँदै गएको स्थानीय कमल तामाङले बताए। उनका अनुसार बाँदरले भर्खर रोपेको धानदेखि बगैँचाका फलफूलसम्म नष्ट गरिदिने गरेको छ। यसकै कारण कतिपय तल्लो क्षेत्रका बासिन्दाले गाउँ नै छाड्न थालेका छन्।

बाँदरको उपद्रोका कारण स्थानीयले खेतबारीमा टहरा बनाएर दिनरात हेरचाह गर्ने गरेका छन्। यन्त्र–उपकरण पड्काएर तर्साउने प्रयास भए पनि पछिल्लो समय बाँदरले त्यस्ता उपायलाई बेवास्ता गर्न थालेको किसानहरूको गुनासो छ।

 


Thali Mobile Pvt.Ltd.