भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

भोजपुरका किसान वर्षेनी कोदो भण्डारणमा व्यस्त, स्थानीय बजारमा बिक्री सुरु

भोजपुरका किसान वर्षेनी कोदो भण्डारणमा व्यस्त, स्थानीय बजारमा बिक्री सुरु

भोजपुर । भोजपुरका किसान यस समयमा मुख्य रूपमा कोदो भण्डारण र तयारीमा व्यस्त छन् । धानको भण्डारणको काम सकिएलगत्तै गाउँ–गाउँमा कोदो टिप्ने, थन्क्याउने र कुट्ने चहलपहल बढेको छ ।

भोजपुर नगरपालिका क्षेत्रका भँगेरी, बोखिम, दुम्सी, दावा लगायत जिल्लाका सबै स्थानीय तहमा कोदो खेती हुँदै आएको छ । व्यवसायिक रूपमा खेती गर्ने किसान कम भए पनि घरायसी प्रयोजनका लागि अधिकांश किसान वर्षेनी कोदो रोप्ने परम्परा पालन गर्दै आएका छन् । हाल स्थानीय बजारमा कोदोको मूल्य प्रतिकेजी ५०–६० रुपैयाँ रहेको छ । किसान धनबहादुर थापाका अनुसार, “गाउँघरमा अहिले कोदो थन्काउने काममा धेरै व्यस्तता छ । वर्षातले केही कोदो लडेका कारण टिपाइ अलि चुनौतीपूर्ण भएको छ ।” उनी भन्छन्, “व्यवसायिक रूपमा नभए पनि घरायसी आवश्यकता पूरा गर्न कोदो खेती अझै लोकप्रिय छ ।”

कोदोबाट विभिन्न परिकार- रोटी, ढिँडो, केक र पेय पदार्थ – बनाइने भएकाले यसको माग स्थिर रहँदै आएको कृषि ज्ञान केन्द्रले जनाएको छ । गत वर्ष भोजपुरमा करिब ५,२७० हेक्टर क्षेत्रफलमा कोदो खेती भएको थियो र यस वर्ष पनि करिब त्यही क्षेत्रफलमा खेती भएको केन्द्रले जानकारी दिएको छ । किसानहरूले भने कोदाको मूल्य स्थिर नहुँदा बेचबिखनमा चुनौती आउँछ र श्रम धेरै लाग्ने भएकाले भविष्यमा कोदो खेतीमा आकर्षण घट्ने चिन्ता व्यक्त गरेका छन् ।

 

 

 


Thali Mobile Pvt.Ltd.