भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

भोजपुरका किसान वर्षेनी कोदो भण्डारणमा व्यस्त, स्थानीय बजारमा बिक्री सुरु

भोजपुरका किसान वर्षेनी कोदो भण्डारणमा व्यस्त, स्थानीय बजारमा बिक्री सुरु

भोजपुर । भोजपुरका किसान यस समयमा मुख्य रूपमा कोदो भण्डारण र तयारीमा व्यस्त छन् । धानको भण्डारणको काम सकिएलगत्तै गाउँ–गाउँमा कोदो टिप्ने, थन्क्याउने र कुट्ने चहलपहल बढेको छ ।

भोजपुर नगरपालिका क्षेत्रका भँगेरी, बोखिम, दुम्सी, दावा लगायत जिल्लाका सबै स्थानीय तहमा कोदो खेती हुँदै आएको छ । व्यवसायिक रूपमा खेती गर्ने किसान कम भए पनि घरायसी प्रयोजनका लागि अधिकांश किसान वर्षेनी कोदो रोप्ने परम्परा पालन गर्दै आएका छन् । हाल स्थानीय बजारमा कोदोको मूल्य प्रतिकेजी ५०–६० रुपैयाँ रहेको छ । किसान धनबहादुर थापाका अनुसार, “गाउँघरमा अहिले कोदो थन्काउने काममा धेरै व्यस्तता छ । वर्षातले केही कोदो लडेका कारण टिपाइ अलि चुनौतीपूर्ण भएको छ ।” उनी भन्छन्, “व्यवसायिक रूपमा नभए पनि घरायसी आवश्यकता पूरा गर्न कोदो खेती अझै लोकप्रिय छ ।”

कोदोबाट विभिन्न परिकार- रोटी, ढिँडो, केक र पेय पदार्थ – बनाइने भएकाले यसको माग स्थिर रहँदै आएको कृषि ज्ञान केन्द्रले जनाएको छ । गत वर्ष भोजपुरमा करिब ५,२७० हेक्टर क्षेत्रफलमा कोदो खेती भएको थियो र यस वर्ष पनि करिब त्यही क्षेत्रफलमा खेती भएको केन्द्रले जानकारी दिएको छ । किसानहरूले भने कोदाको मूल्य स्थिर नहुँदा बेचबिखनमा चुनौती आउँछ र श्रम धेरै लाग्ने भएकाले भविष्यमा कोदो खेतीमा आकर्षण घट्ने चिन्ता व्यक्त गरेका छन् ।

 

 

 


Thali Mobile Pvt.Ltd.