भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

जेनजी आन्दोलनका कारण सिमराका विद्यालय बन्द, एमालेका दुई वडाध्यक्ष पक्राउ

जेनजी आन्दोलनका कारण सिमराका विद्यालय बन्द, एमालेका दुई वडाध्यक्ष पक्राउ

बारा, ४ मंसिर । बुधबार सिमरामा भएको जेनजी आन्दोलनका क्रममा नेकपा एमालेका कार्यकर्ता र युवाबीचको झडपका कारण सिमरा र वरिपरिका सामुदायिक तथा संस्थागत विद्यालयहरूको पठनपाठन बिहीबार स्थगित गरिएको छ ।

शान्ति सुरक्षा र विद्यार्थीहरूको सुरक्षा सुनिश्चित गर्न स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेपछि विद्यालय प्रशासनले आकस्मिक रूपमा विद्यार्थीहरूलाई घर पठाउने निर्णय लिन बाध्य भएको थियो । सिमरा पब्लिक स्कुलका प्रिन्सिपल बसन्त ढकालले बताएअनुसार, आन्दोलनको क्रममा प्रहरीले फ्याँकेको अश्रुग्याँसले विद्यालय क्षेत्रका विद्यार्थीहरूमा डर र त्रास सिर्जना गरेको थियो । केही विद्यार्थीहरू बेहोस हुने अवस्था पनि आएको प्रिन्सिपलले उल्लेख गरे ।

राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसियसन (एनप्याब्सन)का केन्द्रीय सदस्य रामप्रसाद अधिकारीले भने – “विद्यार्थीहरू सुरक्षित ढंगले विद्यालय आउन सक्ने वातावरण नहुँदासम्म विद्यालय क्षेत्र बन्द रहनेछ ।” उक्त घटनापछि बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले जानकारी दिएअनुसार, जेनजीको शान्तिपूर्ण आन्दोलनमा हस्तक्षेप गर्ने प्रयास गर्ने दुई एमाले वडाध्यक्ष ‘धनबहादुर श्रेष्ठ र कैयमुदिन अन्सारी’ प्रहरीले नियन्त्रणमा लिइएको छ ।

स्थानीय प्रशासनले विद्यार्थीहरूको सुरक्षा र शान्ति कायम गर्न विद्यालय बन्द गर्ने निर्णय गर्नुपरेको र हालको परिस्थिति सामान्य नहुँदासम्म यस्तो निर्णय लागू रहनेछ ।

 


Thali Mobile Pvt.Ltd.