भर्खरै : Sorry, your browser does not support inline SVG.
बुद्धनगरमा आत्मदाह प्रयास गरेका अश्विन राउतको निधन, उपचारकै क्रममा ज्यान गयो | स्याउ निर्यात गर्दा स्थानीय तहको सिफारिस अनिवार्य | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह | बागमतीको बाढीले कीर्तिपुरको होल्डिङ सेन्टर डुबायो, ५४ सुकुम्बासीको उद्धार | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, ५५ प्रतिशत शरीर जलेको अवस्था | सम्पत्ति छानबिन आयोगको काम रोक्न सर्वोच्चको अन्तरिम आदेश, मुद्दा पूर्ण इजलासमा | गणेश नेपाली मृत्यु प्रकरण : डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन | मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित |

भोजपुरमा गाउँघरमा प्रयोग हुने परम्परागत पानीघट्टाको प्रचलन हराउँदै

भोजपुरमा गाउँघरमा प्रयोग हुने परम्परागत पानीघट्टाको प्रचलन हराउँदै

मुख्य बुँदा 

भोजपुरमा पानीघट्टा चलाउने परम्परा हराउँदै

प्राकृतिक पानी झारेर मकै, गहुँ, कोदो, फापर, जौं पिस्ने विधि

स्वादिलो, ताजा र पोषणयुक्त अन्न उत्पादन

आधुनिक प्रविधिसँग प्रतिस्पर्धा, युवा पुस्तामा कम चासो

संरक्षण आवश्यक, परम्परागत सीप जोगाउन स्थानीय प्रयास

भोजपुर, २५ मंसिर । गाउँघरमा कुटानीपिसानीका लागि लामो समयदेखि प्रयोग हुँदै आएको परम्परागत पानीघट्टा चलाउने प्रचलन भोजपुरमा क्रमशः हराउँदै गएको छ। संरक्षणको अभावले गर्दा पानीघट्टा जस्ता परम्परागत साधनहरू ओझेलमा पर्न थालेका हुन्।

पानीघट्टा ओरालोमा पानी झारेर पङ्खा घुमाइ ढङ्गाको जातोको साहाराले मकै, गहुँ, कोदो, फापर, जौं जस्ता अन्न पिस्ने विधि हो। विगतमा ग्रामीण क्षेत्रका बासिन्दाले कुटानी–पिसानीका लागि सहज, सस्तो र सरल विकल्पका रूपमा पानीघट्टालाई अपनाउने गर्थे।

टेम्केमैयुङ–५ का वृद्ध बेनीबहादुर विष्ट भन्छन्, “पहिला टोलभरिका मानिस कुटानीपिसानी गर्न पानीघट्टामा आउने गर्थे, अहिले यो पुरानो चलन लोप हुँदै गएको छ।”

पानीघट्टा सञ्चालन गर्दै आएका हरिबहादुर लम्सालले भने, “पानीघट्टा विद्युतीय वा डिजेल, पेट्रोल मिल भन्दा सस्तो पर्छ। मैले परम्परागत सामग्रीको संरक्षण गर्ने उद्देश्यले निरन्तर चलाइरहेको छु। पानी प्रशस्त भएको समयमा दिनमा छदेखि आठ मुरी अन्न पिस्न सक्छ।”

स्थानीय बासिन्दाहरूको अनुसार पानीघट्टामा पिसिएको अन्न स्वादिलो, ताजा र स्वास्थ्यका लागि उत्तम हुन्छ। प्राकृतिक तरिकाले पिसिने भएकाले अन्नको पोषण र स्वाद जस्ताको त्यस्तै रहन्छ।

तर, पछिल्लो पुस्ताले परम्परागत साधनप्रति कम चासो देखाउँदै आएको स्थानीयवासी बताउँछन्।स्थानीय संरक्षणकर्मीहरू भन्छन्, “परम्परागत सीप र पहिचान जोगाउन पानीघट्टाको संरक्षण आवश्यक छ।”

 


Thali Mobile Pvt.Ltd.