भर्खरै : Sorry, your browser does not support inline SVG.
पूर्वी चीनको जियाङ्सीमा पहिरो : एकको मृत्यु, ११ जना बेपत्ता | अमेरिकाद्वारा आफ्ना नागरिकलाई रसुवाका केही क्षेत्रमा यात्रा नगर्न आग्रह | भारतबाट अवैध रूपमा ल्याइँदै गरेको दुई करोड ४० लाखको एप्पल एयरपोड्स बरामद | पहिरोले बडीमालिका–९ का आधा दर्जनभन्दा बढी घरमा क्षति, दुई गोरु मरे | मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व सङ्कलन | भोटेकोशी बाढी : १ हजार ३४१ शव फेला, ४ हजार ९९६ जना अझै सम्पर्कविहीन | गुणस्तरहीन रङ बिक्री गरेको ठहर, बर्जर पेन्ट्सलाई १२ लाखभन्दा बढी क्षतिपूर्ति भराउन आदेश | कृष्णभीरमा खोलिएको अस्थायी ट्र्याक फराकिलो बनाइँदै, भदौ मसान्तसम्म गाडी चलाउने लक्ष्य |

अमेरिकाद्वारा आफ्ना नागरिकलाई रसुवाका केही क्षेत्रमा यात्रा नगर्न आग्रह

अमेरिकाद्वारा आफ्ना नागरिकलाई रसुवाका केही क्षेत्रमा यात्रा नगर्न आग्रह

मुख्य बुँदा

अमेरिकाले नेपाल भ्रमण गर्ने आफ्ना नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

रसुवागढी–टिमुरे–स्याफ्रुबेँसी क्षेत्र र नेपाल–चीन सीमा नाकामा यात्रा नगर्न सुझाव दिइएको छ ।

बाढी र पहिरोका कारण उक्त क्षेत्रमा यातायात तथा सञ्चार सेवा प्रभावित रहेको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ ।

प्रभावित क्षेत्रमा खोज, उद्धार तथा पुनःस्थापनाको काम जारी रहेकाले जोखिम उच्च रहेको बताइएको छ ।

नदी किनार, होचा भूभाग, क्षतिग्रस्त पुल र अस्थिर भिरालो क्षेत्रबाट टाढा रहन यात्रुलाई आग्रह गरिएको छ ।

नेपाल भूकम्प, बाढी र पहिरोको जोखिममा रहेको भन्दै अमेरिकी नागरिकलाई स्थानीय सूचना नियमित रूपमा हेर्न सुझाव दिइएको छ ।

आकस्मिक स्वास्थ्य सेवा सीमित हुन सक्ने भन्दै यात्रा स्वास्थ्य बीमा गर्न पनि आग्रह गरिएको छ ।

काठमाडौं, २१ भदौ । संयुक्त राज्य अमेरिकाले नेपाल भ्रमण गर्ने आफ्ना नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गर्दै रसुवा जिल्लाका केही क्षेत्रमा यात्रा नगर्न सुझाव दिएको छ ।

अमेरिकी विदेश मन्त्रालयले सेप्टेम्बर ४, २०२६ मा जारी गरेको नयाँ यात्रा सुझावमा नेपाललाई ‘दोस्रो स्तरको बढी सतर्कता अपनाउनुहोस्’ श्रेणीमा राखेको छ । रसुवा जिल्लाका केही क्षेत्रलाई भने ‘चौथो स्तरको यात्रा नगर्नुहोस्’ श्रेणीमा राखिएको छ ।

अमेरिकी विदेश मन्त्रालयले विशेषगरी रसुवागढी–टिमुरे–स्याफ्रुबेँसी क्षेत्र तथा नेपाल–चीन सीमा नाकामा कुनै पनि कारणले यात्रा नगर्न आग्रह गरेको छ । ठूलो बाढी र पहिरोका कारण उक्त क्षेत्रमा व्यापक क्षति पुगेको, यातायात तथा सञ्चार सेवा प्रभावित भएको र खोज तथा उद्धार एवं पुनःस्थापनाको काम जारी रहेकाले जोखिम उच्च रहेको अमेरिकी पक्षको भनाइ छ ।

यात्रा सुझावमा उक्त क्षेत्रमा थप बाढी तथा पहिरोको सम्भावनासमेत रहेको उल्लेख गरिएको छ । प्रभावित क्षेत्रअन्तर्गत भोटेकोशी, त्रिशूली र नारायणी नदी आसपासका बस्तीहरू पनि जोखिममा रहेको जनाइएको छ । अमेरिकी विदेश मन्त्रालयले नदी किनार, होचा भूभाग, क्षतिग्रस्त पुल तथा अस्थिर भिरालो क्षेत्रबाट टाढा रहन यात्रुलाई आग्रह गरेको छ । त्यस्तै, नेपाली अधिकारीहरूले जारी गरेका उद्धार, विस्थापन तथा सुरक्षा निर्देशनको पालना गर्न पनि सुझाव दिइएको छ ।

हराइरहेका आफन्त वा व्यक्तिको खोजी गर्न सर्वसाधारण वा विदेशी नागरिक आफैं विपद् प्रभावित क्षेत्रमा प्रवेश नगर्न अमेरिकी विदेश मन्त्रालयले चेतावनी दिएको छ । अमेरिकी यात्रा सुझावमा नेपाल नियमित रूपमा भूकम्प, बाढी र पहिरोको जोखिममा रहने मुलुकका रूपमा उल्लेख गरिएको छ । भूकम्प अचानक र पूर्वसूचनाबिनै आउन सक्ने तथा काठमाडौँ उपत्यकासमेत त्यसबाट प्रभावित हुन सक्ने चेतावनी दिइएको छ ।

विशेषगरी जुनदेखि सेप्टेम्बरसम्मको मनसुन अवधिमा भारी वर्षाका कारण अचानक बाढी र पहिरो आउन सक्ने, सडक अवरुद्ध हुने तथा भवन र पूर्वाधारमा क्षति पुग्न सक्ने अमेरिकी विदेश मन्त्रालयले जनाएको छ । यस्तो अवस्थामा उद्धार तथा सहायता प्राप्त गर्नसमेत कठिन हुन सक्ने बताइएको छ ।

यात्रा सुझावमा नेपालका स्वास्थ्य तथा आकस्मिक उपचार सेवाको क्षमता सीमित रहेकोसमेत उल्लेख गरिएको छ । काठमाडौँका अस्पताल अन्य क्षेत्रको तुलनामा तुलनात्मक रूपमा राम्रो भए पनि भीडभाड हुने, आवश्यक उपकरण तथा औषधिको अभाव हुन सक्ने र उपचारअघि नै शुल्क मागिन सक्ने अवस्थाबारे अमेरिकी नागरिकलाई सचेत गराइएको छ ।

विदेशी नागरिकको उपचार खर्च नेपाल सरकारले व्यहोर्न नसक्ने जनाउँदै अमेरिकी नागरिकलाई आवश्यक औषधि साथमै लैजान तथा यात्रा स्वास्थ्य बीमा गर्न सुझाव दिइएको छ । नेपाल भ्रमण गर्ने निर्णय गरेका आफ्ना नागरिकलाई स्थानीय सञ्चारमाध्यमबाट तत्कालीन सूचना तथा विपद्सम्बन्धी समाचार नियमित रूपमा हेर्न र आवश्यक परे यात्रा योजना परिवर्तन गर्न पनि अमेरिकी सरकारले आग्रह गरेको छ ।

 


Thali Mobile Pvt.Ltd.