भर्खरै : Sorry, your browser does not support inline SVG.
बुद्धनगरमा आत्मदाह प्रयास गरेका अश्विन राउतको निधन, उपचारकै क्रममा ज्यान गयो | स्याउ निर्यात गर्दा स्थानीय तहको सिफारिस अनिवार्य | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह | बागमतीको बाढीले कीर्तिपुरको होल्डिङ सेन्टर डुबायो, ५४ सुकुम्बासीको उद्धार | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, ५५ प्रतिशत शरीर जलेको अवस्था | सम्पत्ति छानबिन आयोगको काम रोक्न सर्वोच्चको अन्तरिम आदेश, मुद्दा पूर्ण इजलासमा | गणेश नेपाली मृत्यु प्रकरण : डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन | मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित |

रवि र छविको मुद्दा ‘हेर्न नमिल्ने’मा, सुनुवाइ पुनः स्थगित

रवि र छविको मुद्दा ‘हेर्न नमिल्ने’मा, सुनुवाइ पुनः स्थगित

मुख्य बुँदा 

रवि र छविको सहकारी ठगी मुद्दा फेरि स्थगित

न्यायाधीश विष्टका आफन्त जाहेरवाला भएकाले ‘हेर्न नमिल्ने’

कार्तिक १३ देखि लगातार पेसी चढ्दासमेत सुनुवाइ हुँदै नआएको

सुप्रिम सहकारी ठगी प्रकरणमा १० करोड ९९ लाख बिगो

रविले २.७४ करोड जमानत निवेदनसहित बिगो दाखिला गरेको दाबी

दुवै प्रतिवादी पुर्पक्षका लागि थुनामा

रवि नख्खु, छवि भैरहवामा

बुटवल, २५ मंसिर । रास्वपा सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीविरुद्ध दर्ता भएको सहकारी ठगीसम्बन्धी मुद्दा आज पनि सुनुवाइ नहुने भएको छ।

कार्तिक १३ गतेदेखि लगातार पेसी चढ्दै आएको यो मुद्दा आज न्यायाधीशद्वय तेजनारायण पौडेल र सागर विष्टको इजलासमा परेको थियो।

तर, मुद्दा ‘हेर्न नमिल्ने’मा राखेर स्थगित गरिएको अदालतका सूचना अधिकारी रामबहादुर कुँवरले जानकारी दिए।

न्यायाधीश सागर विष्टका आफन्त जाहेरवाला कानुन व्यवसायी परेका कारण हित–संघर्ष (Conflict of Interest) देखिएकाले मुद्दा स्थगित गरिएको बताइएको छ। यसअघि पनि यो मुद्दा विभिन्न कारणले बारम्बार सरिरहेको छ , दुई पटक रविका कानुन व्यवसायीले निवेदन दिएर पेसी सारिएको

गत बिहीबार सार्वजनिक बिदाका कारण सुनुवाइ रोकिएको, कात्तिक १३ गते जोशीका कानुन व्यवसायीको निवेदनमा पेसी स्थगित भएको थियाे ।

न्यायाधीश द्वय मिलनकुमार राईओमप्रसाद अर्यालको इजलासले एकै प्रकृतिका मुद्दा भएकाले रवि र छविको मुद्दा एकैसाथ राख्ने आदेश गरिसकेको छ।

बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा रविसहितका प्रतिवादीविरुद्ध १० करोड ९९ लाख ३६ हजार रुपैयाँको सामूहिक बिगो कायम गरी अभियोग पत्र दायर गरिएको छ।

लामिछानेले त्यसमा परेको चौथो भाग बराबर रकम दाखिला गरेको कागजात पेस गर्दै २ करोड ७४ लाख ८४ हजार रुपैयाँ बैंक जमानतसहित रिहा माग गरेका थिए। तर, प्रत्येकको हिस्सामा कति बिगो पर्छ भन्ने स्पष्ट नभएको, मुद्दामा एकै प्रकृतिको अभियोग भएकाले, अदालतले दुवैलाई रिहा गर्न नमिल्ने निर्णय गरेको थियो।

यसपछि रवि लामिछाने नख्खु कारागारमा, छवि जोशी भने भैरहवा कारागारमै पुर्पक्षका लागि थुनामा छन्।

 


Thali Mobile Pvt.Ltd.