भर्खरै : Sorry, your browser does not support inline SVG.

भोटेकोशीको केबल टनेलमा थप एक शव फेला, अहिलेसम्म ९ शव निकालियो

भोटेकोशीको केबल टनेलमा थप एक शव फेला, अहिलेसम्म ९ शव निकालियो

काठमाडौं, २३ भदौ । भोटेकोशी जलविद्युत् आयोजनाको रोङ्गास्थित केबल टनेलमा थप एक जनाको शव फेला परेको छ । सैनिक मुख्यालयका अनुसार ड्रोनको प्रयोग गरी गरिएको खोजतलासका क्रममा टनेलभित्र एक जनाको शव फेला पारिएको हो ।

भोटेकोशी क्षेत्रमा आएको बाढीपछि विभिन्न सुरुङमा फसेका तथा बेपत्ता भएका व्यक्तिको खोजी तथा उद्धारका लागि नेपाली सेनासहितका सुरक्षा निकाय परिचालन भएका छन् । प्रविधिको प्रयोग गर्दै सुरुङ तथा जोखिमयुक्त क्षेत्रमा खोजीलाई तीव्रता दिइएको छ ।

सैनिक मुख्यालयका अनुसार अन्य सुरुङमा समेत खोज तथा उद्धार कार्य जारी रहेको छ । हालसम्म सुरुङबाट ३ जनालाई जीवितै उद्धार गरिएको छ भने ९ वटा शव निकालिएको जनाइएको छ । उद्धार टोलीले सुरुङभित्र थप व्यक्ति फसेका हुन सक्ने सम्भावनालाई ध्यानमा राख्दै खोजी जारी राखेको छ ।

 


Thali Mobile Pvt.Ltd.