भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढी–पहिरोमा नेपाललाई छिमेकीको साथ : भारतबाट डीएनए टोली, र चीनबाट सुरुङ विज्ञ सहित ५० टन राहत | सिराहामा मोटरसाइकलको भाइजरमा लुकाएको ब्राउन सुगरसहित २६ वर्षीय युवक पक्राउ | दुई महिनामै सार्वजनिक खरिद नियमावलीमा दुई संशोधन, ठेक्काको म्याद थप्ने बाटो फेरि खुला | उपल्लो मुस्ताङमा हिमतालको जोखिम अनुगमन शुरु | कर्णाली र सुदूरपश्चिममा भारी वर्षाको चेतावनी, पहिरो र बाढीको जोखिम | भोटेकोशीमा बाढीको जोखिम तत्काललाई कम, हल्लाको पछि नलाग्न आग्रह | भोटेकोशी बाढीको भयावह विवरण : ७३४ शव फेला, २ हजार ४८९ जना अझै बेपत्ता | त्रिशूलीको बाढीले कृष्णभिरमा सडक कटान, काठमाडौं–मुग्लिन सडक पूर्णरुपमा बन्द |

भोटेकोशीमा बाढीको जोखिम तत्काललाई कम, हल्लाको पछि नलाग्न आग्रह

भोटेकोशीमा बाढीको जोखिम तत्काललाई कम, हल्लाको पछि नलाग्न आग्रह

काठमाडौं, १४ भदौ । रसुवाको भोटेकोशी नदीमा तत्काल ठूलो बाढीको जोखिम नरहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।महाशाखाका अनुसार भोटेकोशी नदीको बहाव केही बढेको भए पनि अहिले ठूलो बाढी आउने जोखिम देखिएको छैन ।

यसअघि जिल्ला प्रहरी कार्यालय रसुवाले भोटेकोशी नदीमा बाढीको बहाव बढेको जस्तो आवाज सुनिएको जानकारी गराएपछि सम्भावित जोखिमलाई ध्यानमा राख्दै नदी किनारमा सतर्कता अपनाउन आग्रह गरिएको थियो । महाशाखाले रसुवा, नुवाकोट र धादिङका नदी किनारमा रहेका बासिन्दालाई सम्भावित जोखिमलाई ध्यानमा राख्दै सावधानी अपनाउन भनेको थियो ।

तर पछिल्लो अवस्थाबारे स्पष्ट पार्दै महाशाखाले अहिलेलाई भोटेकोशीमा ठूलो बाढीको जोखिम नरहेको जनाएको छ । नदीको बहावमा केही वृद्धि भए पनि तत्काल ठूलो जोखिमको अवस्था नरहेको महाशाखाको भनाइ छ ।

बाढीसम्बन्धी विभिन्न सूचना तथा हल्ला फैलिन सक्ने भएकाले आधिकारिक पुष्टि नभएका विवरणको पछि नलाग्न महाशाखाले आग्रह गरेको छ । साथै नदी आसपासका बासिन्दालाई आवश्यक सावधानी अपनाउँदै सम्बन्धित निकायबाट जारी हुने आधिकारिक सूचनामा ध्यान दिन अनुरोध गरिएको छ ।

 


Thali Mobile Pvt.Ltd.