भर्खरै : Sorry, your browser does not support inline SVG.
अमेरिकालाई तेलमा पहुँच दिँदै भेनेजुएला : ‘स्रोतसाधन र सार्वभौमसत्ता आफ्नै नियन्त्रणमा’ | बाढी–पहिरोमा नेपाललाई छिमेकीको साथ : भारतबाट डीएनए टोली, र चीनबाट सुरुङ विज्ञ सहित ५० टन राहत | सिराहामा मोटरसाइकलको भाइजरमा लुकाएको ब्राउन सुगरसहित २६ वर्षीय युवक पक्राउ | दुई महिनामै सार्वजनिक खरिद नियमावलीमा दुई संशोधन, ठेक्काको म्याद थप्ने बाटो फेरि खुला | उपल्लो मुस्ताङमा हिमतालको जोखिम अनुगमन शुरु | कर्णाली र सुदूरपश्चिममा भारी वर्षाको चेतावनी, पहिरो र बाढीको जोखिम | भोटेकोशीमा बाढीको जोखिम तत्काललाई कम, हल्लाको पछि नलाग्न आग्रह | भोटेकोशी बाढीको भयावह विवरण : ७३४ शव फेला, २ हजार ४८९ जना अझै बेपत्ता |

कर्णाली र सुदूरपश्चिममा भारी वर्षाको चेतावनी, पहिरो र बाढीको जोखिम

कर्णाली र सुदूरपश्चिममा भारी वर्षाको चेतावनी, पहिरो र बाढीको जोखिम

काठमाडौं, १४ भदौ । कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका केही स्थानमा आज धेरै ठूलो वर्षा हुनसक्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागका एक–दुई ठाउँमा धेरै ठूलो वर्षाको सम्भावना छ । यस्तै कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका साथै कर्णाली, लुम्बिनी र सुदूरपश्चिमका पहाडी तथा तराई भूभागका केही स्थानमा ठूलो वर्षा हुनसक्ने अनुमान गरिएको छ ।

देशका हिमाली तथा पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका तराई भूभागका धेरै ठाउँमा तथा मधेश र कोशी प्रदेशका तराई भूभागका केही स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुनसक्ने बताइएको छ ।

रातिको समयमा कोशी प्रदेशका पहाडी तथा तराई भूभाग र बागमती प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा ठूलो वर्षाको सम्भावना रहेको छ । भारी वर्षाका कारण नदी तथा खोलानालामा पानीको बहाव बढ्न सक्ने, पहाडी क्षेत्रमा पहिरो तथा गेग्रान बहावको जोखिम बढ्न सक्ने र सडक तथा यातायात प्रभावित हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसमविद्हरूले आग्रह गरेका छन् ।

विशेषगरी उच्च जोखिममा रहेका क्षेत्रका नागरिकलाई स्थानीय प्रशासन तथा सम्बन्धित निकायबाट जारी हुने सूचना तथा निर्देशनमा ध्यान दिन महाशाखाले आग्रह गरेको छ ।

 


Thali Mobile Pvt.Ltd.