भर्खरै : Sorry, your browser does not support inline SVG.

भोटेकोशी बाढीको छैटौँ दिन पनि १० हजार ३४१ जना बेपत्ता, ७८१ शव फेला

भोटेकोशी बाढीको छैटौँ दिन पनि १० हजार ३४१ जना बेपत्ता, ७८१ शव फेला

काठमाडौं, १५ भदौ । भोटेकोशी बाढी आएको छैटौँ दिन बितिसक्दा पनि हजारौँ मानिस अझै सम्पर्कविहीन रहेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको उद्धार पोर्टलका अनुसार हालसम्म १० हजार ३४१ जना बेपत्ता रहेका छन् ।

पछिल्लो तथ्याङ्कअनुसार हराएका व्यक्तिका कुल १५ हजार २४९ वटा रिपोर्ट दर्ता भएका छन् । तीमध्ये ४ हजार ९०८ जना फेला परेका छन् भने ५५५ जना परिवारको सम्पर्क तथा प्रतीक्षामा रहेका छन् ।

हालसम्म फेला परेका वा समाधान भएका घटनाको संख्या ४ हजार ३५३ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै ४ हजार १८० वटा नयाँ रिपोर्ट दर्ता भएको जनाइएको छ । बाढीपछि अवस्था जटिल बनेसँगै बेपत्ता व्यक्तिको खोजी तथा उद्धारलाई तीव्र पारिएको छ । बेपत्ता हुनेमा बालबालिका र ज्येष्ठ नागरिकको संख्या पनि उल्लेख्य छ ।

तथ्याङ्कअनुसार अझै १८ वर्षमुनिका ९९४ बालबालिका र ६० वर्षमाथिका ५३० ज्येष्ठ नागरिक सम्पर्कविहीन छन् । सरकारी तथ्याङ्कअनुसार हालसम्म ७८१ जनाको शव फेला परिसकेको छ । यस्तै ९ हजारभन्दा बढी मानिसको उद्धार गरिएको जनाइएको छ । बेपत्ता व्यक्तिको खोजी, शव पहिचान तथा उद्धार कार्य विभिन्न प्रभावित क्षेत्रमा जारी रहेको छ ।

 


Thali Mobile Pvt.Ltd.